Home» Cinema »Feature

माओवादी-फोरम झडप, तृप्तिलाई अप्ठेरो

तराईमा भइरहेको नेकपा माओवादी र मधेशी जनअधिकार फोरमको झडपले हाम्री प्यारी नायिका तृप्तिलाई अप्ठेरो परेको छ । लामो समयदेखि तराइमा भइरहेको आन्दोलन र भड्किएको हिंसाका कारण उनी बस्ने बुद्धनगर वरपर ग्याँसको अभाव छ । एक साताअघि उनले ग्याँसले 'बाइबाइ' गरेपछि उनको भव्य फ्ल्याटमा एक सातायता खाना पाकेको छैन ।

"हाम्रो काठमाडौँलाई के भ'को हौ दाजु ! चाहिने बेलामा सामान भेटिदैन, सामान भएको बेला खान पाइँदैन", इनशाडटकमसँग तृप्तिले गुनासो मिश्रति शब्दमा भनिन्- "अब त देशमा शान्ति होला भनेको त मान्छेले खान समेत नपाउने दिने पो आयो, हगि ?"

"केही दिन त रेष्टुराँमा गएर खाएँ, तर त्यहाँको चिल्लोचाप्लोले सञ्चो नहोला भनेर घरमै रुखासुखा खाइरहेकी छु", तृप्तिले खुलाइन्- "म त अहिले चाउचाउ, काजु किसमिस अनि बिस्कुटले दिन बिताइरहेकी पो छु त हौ !"

'कोसेली' चलचित्रपछि नेपाली चलचित्रको पर्दाबाट एकाएक हराएकी नायिका तृप्ति 'आमाको काख'पछि पुनः उदाएकी उनलाई त्यसो त घर र भान्सा हेर्ने फू
र्सद पनि छैन । यो बेफूर्सदीले एक वर्षयता एक दर्जन चलचित्र खेलिसकेकी छिन् । जब फूर्सद भयो, उनलाई आफ्नो घरको ग्याँस भर्खरै सकिएको महसूस भयो ।


नायिका त्रिप्ति र नायक सिमान्त
एक साताअघि मात्र सिमान्त उदाससँग एउटा म्युजिक भिडियो खेलेपछिका फूर्सदिला दिन ग्याँस खोज्नका लागि प्रयोग गरिरहेकी छिन् । "तपाइँसँग एक्स्ट्रा थियो कि दाजु ?" इनशाडटकमका प्रतिनिधिसँग उनको ठट्टा थियो ।

उनको भिडियो रुचि बढ्नुको कारण सोध्दा भनिन्- "दुइ हप्ताको खाली समय थियो, घरमा त्यत्तिकै अल्मलिएर बस्नुभन्दा (भिडियोमा) खेल्नु उचित लाग्यो ।"

पछिल्लो समयमा चलचित्रका कलाकारहरुको म्युजिक भिडियो मोह निकै बढेको छ । भुवन केसीले स्वरुपराज आचार्यको स्वरमा, राजेश हमालले जगजीत सिंहको, धीरेन शाक्यले राजेशपायल राईको, शिव श्रेष्ठ र सारंगा श्रेष्ठले समेत म्युजिक भिडियोमा खेलिसकेका छन् । भिडियोमा कसकसले खेलेका छन् भन्दा पनि कसकसले खेलेका छैनन् भनेर गन्नुपर्ने अवस्था सिर्जना भएको छ ।

"चलचित्रको जति सन्तोषजनक पारिश्रमिक नआए पनि दुइ दिनभित्र सुटिङ सकिन्छ", तृप्तिले कारण बताउँदै इनशाडटकमसँग भनिन्- "न त डबिङको झन्झट न त डाइलगमा ध्यान दिनुपर्ने ! त्यसैले मलाई भिडियो गर्नु मनपर्छ ।"

अहिले उनी त्रिशुलमा अनुबन्धित भइसकेकी छिन् भने दुइ दिनभित्र अर्को एउटा चलचित्रको सुटिङ हुन गइरहेको छ । ग्याँस नपाएको झोँक बिर्सदै उनले भनिन्- "मेरो नेपाल बसाइ फापेको छ हो दाजु !"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेत्री रोचक क्या बात ! फिल्म फेस्टिबल नवीनता ग्ल्यामर कन्ट्रोभर्सी निर्देशक पार्टी अभिनेता पेज 3 रोमान्स सोच सञ्चारकर्मी कार्यक्रम घोषणा सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: