Home» Around the World »Weird and Interesting

अफर ५०० डलर !

अमेरिकामा बढ्दो गर्भपतनबाट चिन्तित एक सांसदले भविष्यका आमाहरुलाई गर्भपतनका लागि निरुत्साहित गर्न एउटा अभियान शुरु गरेका छन् । पाँच सय डलर अभियानका कारण आउँदा दिनहरुमा आमाहरुले आफ्नो सन्तानको गर्भमा नै हत्या गर्नबाट थोरै मात्र भए पनि निरुत्साहित भएमा आफू खुशी हुने ती सांसदले रोयर्टस समाचार संस्थासँग बताएका छन् ।

रिपब्लिकनका तर्फबाट टेक्सास राज्यका सांसद डन प्याट्रिकले यो घोषणा गरेका हुन् । उनी टेक्सासमा सांसदका रुपमा मात्र नभएर संरक्षणात्मक रेडियो कार्यक्रमका लोकप्रिय सञ्चालक समेत हुन् । उनले शुक्रबार आमा बन्ने महिलाहरुका लागि यो घोषणा गर्दा उनले भने- "पाँच सय डलर रकम केही पनि होइन, तर यो रकमले उनीहरुमा केही चेत आउँछ कि भनेर घोषणा गरिएको हो । बरु पाल्नमा उनीहरुलाई समस्या भयो भने अरु कसैलाई अपनाउन दिँदा पनि फरक पर्ने छैन ।"

हालैको एक अध्ययन अनुसार टेक्सास राज्यमा मात्र गएको वर्ष ७५ हजार गर्भपतन गरिएको थियो । (कति क्रूर आमाहरु !) "यदि यो घोषणाले पाँच प्रतिशत गर्भपतन मात्र रोक्न सकियो भने पनि ३ हजार शिशुले संसार देख्न पाउनेछन्", प्याट्रिकले उक्त कार्यक्रममा बताए- "यो संख्या हामीले इराक युद्धमा गुमाएका व्यक्तिहरुको संख्या जत्ति नै हो ।"

उनले यो प्रस्तावलाई टेक्सास राज्यको संसदमा पेश गरिसकेका छन् । तर यस प्रस्तावउपर सदनले यसलाई पास गर्ने या नगर्ने भन्ने निर्णय अझै भइसकेको भने छैन । यदि यो प्रस्ताव पास भए, हरेक गर्भपतन गर्न रुचाउने आमाले यो प्रस्ताव पाउनेछिन् र यो रकम टेक्सास राज्यले ती आमाहरुलाई दिनेछ ।

प्याट्रिकले पेस गरेको प्रस्तावमा भनिएको छ- "बच्चा जन्माउन नरुचाउने आमाहरुलाई गर्भपतन गराउनुअघि एक पटक पाँच सय डलर प्रस्ताव गरिनेछ र सो प्रस्ताव उनले रुचाएमा बच्चा जन्मिसकेपछि ३० दिनभित्रमा उनले आफ्नो शिशु अपनाउन दिनु पर्नेछ । यो प्रस्तावका आलोचकहरु भने बच्चा अपनाउने (एडप्टेशन) सम्बन्धमा बनेका संघीय र राज्यीय कानूनविपरीत यो नीति रहेको छ । यो प्रस्तावले आफूले पाएको बच्चा घुमाउरो पाराले अरुलाई बेच्न पाइने बनाइएकोमा उनीहरुको घोर विरोध रहेको बताइएको छ । तर यो आरोपलाई उनले 'घोर मूर्ख्याइँपूर्ण आलोचना' भनेर पचाइदिएका छन् ।

प्लान्ड प्यारेन्टहूड अफ टेक्सासकी राजनीतिक निर्देशक हिदर पेफले प्याट्रिकको प्रस्तावलाई "महिला र तिनको सन्तानलाई मानमर्दन गर्ने किसिमको" भनेकी छिन् । उनले थपिन्- "महिलाहरुलाई त्यसरी सोच्नु महिलाको भावनालाई तिरस्कार गर्नुसरह हो, उनले कसरी सोचे कि यो प्रस्ताव आउने बित्तिकै महिलाहरु हुर्रिएर गर्भपतन रोक्नेछन् ?"
 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उपाय माया सुन्दरी इन्टरनेट सेलेब्रिटी भव्यता मुद्दा मामिला बलिउड गुगल नग्नता मूर्ख्याइँ हलिउड कीर्तिमान विज्ञापन फट्याइँ श्रीमानश्रीमती उदारता परिस्थिति सेक्स उदेकलाग्दो
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,