सुटिङले सुहागरात धरापमा !

बानेश्वर निवासी सविता खड्कासँग भर्खरै 'टिपिकल' मागी विवाह गरेका लजालु नायक सुशील क्षेत्री हनिमून पिरियडमा सिनेमाको सुटिङमा फँसेका छन् । नयाँ श्रीमतीसँग हेलमेल र आपसी मैत्री बढाउनु पर्ने बेलामा सुटिङको झमेलामा उनी फँसेका छन् । उनी अहिले एक साथ महेन्द्र बुढाथोकीको 'ज्वालामुखी' र विमल पौडेलको 'जनयुद्ध'को सुटिङमा व्यस्त भएका हुन् । सुटिङको धपेडीका कारण उनको सुहागरात धरापमा परेको हो ।
त्यसै पनि फागुनको बिहेलगन सकिन लागेपछि झ्याँइ पारेका नायक क्षेत्रीले हनिमून मनाउन बाहिर जान र बिहे पार्टी दिन पनि भ्याएका छैनन् । त्यसो त उनले पार्टीको मिति ११ गते तोके पनि आफ्ना हितैषी र शुभचिन्तकलाई पार्टी कार्ड बाँढ्न सुटिङकै कारण फूर्सद छैन । यस्तो अवस्थामा नयाँ विवाहिता दुलहीका लागि त उनको समय न बराबर नै छ ।
नेपाली चलचित्रका सबैभन्दा 'एलिजेबल ब्याचलर' क्षेत्रीको बिहेपछि चलचित्र उद्योगका कतिपय नायिकाहरुको मन भाँचिएको छ । नायक क्षेत्री सोझोपनका कारण नायिकाहरुका सबैभन्दा प्रिय पुरुष साथीका रुपमा उद्योगभित्र चिनिन्छन् । |