Home» Cinema »Feature

सिनेमामा माओवादी

- अच्युत कोइराला
हतियार उन्माद, चन्दा आतङ्क र आफूबाहेक अरुलाई भुसुना देख्ने आरोप माओवादीमाथि लागिरहेको बेला चलचित्र उद्योगमा माओवादी जनयुद्धका विषयमा एक साथ आधा दर्जन चलचित्रहरु बनिरहेका छन् र तीमध्ये केही त रिलिजको तर्खरसमेत गरिरहेका छन् । तीमध्ये अधिकांश चलचित्र भने जनयुद्धका 'गौरवगाथा' गाउने चलचित्र भनी प्रचार गरिँदैछ ।

शिवजी लामिछानेको 'लाल सलाम' बद्री अधिकारीको 'आवाज', विमल पौडेलको 'जनयुद्ध', किशोर ढकालको 'नयाँ नेपाल'जस्ता चलचित्रले माओवादी जनयुद्धका विषयमा गहिरो छानविन र अनुसन्धान गरी चलचित्र निर्माण गरिएको निर्माण पक्षको दाबी छ । बद्री अधिकारीले आवाजको सम्पूर्ण छायाँकन समाप्त गरिकसेका छन् र यसको प्राविधिक कार्य शुरु भइरहेको छ भने शिवजी लामिछानेले लाल सलाम चितवन वरपरका विभिन्न स्थानमा ५० प्रतिशत छायाँकन पूरा गरेका छन् । त्यस्तै विमल पौडेलको जनयुद्धको ८० प्रतिशत छायाँकन सकिएको छ ।

"यो पार्टी नीतिअन्तर्गत नै बनेको चलचित्र हो", निर्देशक पौडेलले चलचित्र निर्माणको कारण खोल्दै भने- "देशलाई गणतन्त्र बनाउनुबाट रोकिने कुनै षडयन्त्र हुन नदिन र यसबारेका भ्रम चिर्न यो चलचित्र पार्टीले नै निर्माण गरेको हो ।"

रमाइलो के छ भने यी तीन वटै चलचित्रले वास्तविक माओवादी सेना, तिनका कमाण्डरलाई समेत अभिनय गराएको दाबी गरिरहेका छन् । यी तीन वटै चलचित्रको मुख्य उद्देश्य संविधान सभा निर्वाचनअघि आफ्ना चलचित्रलाई रिलिज गरेर जनसाधारणलाई निर्वाचनमा गणतन्त्रमाथि भोट दिन लगाउनु रहेको चलचित्रका निर्देशकहरुले बताइरहेका छन् ।

लाल सलाममा वास्तविक माओवादी नै कलाकारको रुपमा अभिनय गराएका छन् । यिनलाई अभिनय गराउन कुनै कठिनाई नभएको निर्देशक शिवजी लामिछाने बताउँछन् । सिनेमास्कोपमा बनिरहेको यो चलचित्रमा विकल्प, छिन्ताङ, एकता, प्रेमाजस्ता माओवादीका कार्यकर्ता (लडाकू) हरुले अभिनय गरेका छन् । "यो चलचित्रमा मुख्य धाराका चलेका कोही कलाकार पनि छैनन्," 'आगो'का निर्माता तर लालसलामका निर्देशक लामिछाने बताउँछन्- "तर पनि अभिनय गराउन कुनै अप्ठेरो परेन ।"

यता विमल पौडेल प्रेम पूजाका नायक थिए । चलचित्र उद्योगमा उनी निकै पहिले बजारबाट विस्थापित भएका उनी अहिले जनयुद्धका निर्देशक बनेर उदाएका छन् । "यो पार्टी नीतिअन्तर्गत नै बनेको चलचित्र हो", निर्देशक पौडेलले चलचित्र निर्माणको कारण खोल्दै भने- "देशलाई गणतन्त्र बनाउनुबाट रोकिने कुनै षडयन्त्र हुन नदिन र यसबारेका भ्रम चिर्न यो चलचित्र पार्टीले नै निर्माण गरेको हो ।" चलचित्रमा सुशील क्षेत्री, आकाश अधिकारी, सुशील पोखरेल, नन्दिता केसीजस्ता मुख्य धाराका कलाकारबाहेक राजन बम, पूजा, गीता अधिकारीजस्ता पार्टी कार्यकर्ताले समेत अभिनय गरेको निर्देशक पौडेलले बताए ।

यता आवाज चलचित्रमा रञ्जु लामिछाने निर्माता नवल खड्का स्वयम् बाहेक अन्य माओवादी कलाकार पनि अभिनय गरेका छन् । जसमा कुलमान बूढा, रश्मिला, शंकर बिकजस्ता जनसेना समावेश छन् भने उता सशस्त्र प्रहरीका केही अधिकृतले पनि अभिनय गरेका छन् । निर्माता नवल खड्का भने आफ्नो चलचित्रलाई माओवादी आन्दोलनमा केन्द्रित भए पनि कुनै एक पक्षको मात्र लोलीमा बोली मिलाउन नबनाएको प्रष्ट्याइरहेका छन् ।  "तर यसले किन माओवादी जनयुद्ध शुरु भयो र भोलि यसको स्थिति के हुनसक्छ भन्ने सम्मका कुरा हामीले हाल्न भ्याएका छौँ", खड्काले इनशाडटकमलाई बताए । यसमा माओवादी पार्टीको आर्थिक सहयोगबाहेक युद्धकलाका विषयमा पर्याप्त सहयोग पाएको खड्काले बताए ।

यसरी बनिरहेका चलचित्रमध्ये अधिकांशको कथावस्तु उही भए पनि पारम्परिक शैली र शिल्पभन्दा फरक भएको हुनाले दर्शकले रुचाउने कुरामा निर्माता/निर्देशकहरु ढुक्क देखिएका छन् । अब हेर्नुछ, माओवादी कथालाई दर्शकहरुले चलचित्रको पर्दामा रुचिका साथ लिने हुन् कि होइनन् !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
कन्ट्रोभर्सी नवीनता क्या बात ! ग्ल्यामर फिल्म फेस्टिबल निर्देशक पार्टी अभिनेता रोचक अभिनेत्री पेज 3 रोमान्स सोच कार्यक्रम घोषणा सञ्चारकर्मी सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी