Home» Around the World »Weird and Interesting

खाना खाँदै भिडियो गेम खेल्नु हानिकारक

नयाँ वर्ष२०११ मा आफ्नो वजन घटाउने भनेर जस-जसले योजना बनाएका छन्, यदि तिनीहरु खाना खाँदै भिडियो गेम खेल्न थाल्छन् भने त्यस्तोको वजन झन्झन् बढ्ने एउटा अध्ययनले देखाएको अध्येताहरुले सचेत गराएका छन् ।



कुनै गेम खेल्नु र खाना खाँदै कुनै काम गर्दा आफ्नो शरीरले खाएको कुरा बिर्सने गर्दछ । यसरी बिर्सदा कति मात्रामा भोजन गरेको, त्यसले शरीरमा कसरी काम गर्ने भन्ने कुरा नै शरीरले ग्रहण नगर्ने हुनाले खाना खाँदा कुनै काम नगर्न र खाँदै कुनै पनि गेम नखेल्न वैज्ञानिकहरुले सचेत गराएका हुन् ।

ब्रिस्टोल विश्वविद्यालयका स्कूल अफ एक्पेरिमेन्टल साइकोलजीको एक टोलीले पोषक तत्व र व्यवहारका सर्न्दर्भमा गरेको अनुसन्धानमा यो देखिएको हो । हामीले खाना खाइरहँदा हामीले सोचेको कुरा र सचेतनाले हाम्रो भोक र खाना खाने कुरामा धेरै अन्तर हुने देखिएको हो ।

अनुसन्धानमा संलग्न व्यक्तिहरु दर्ुइ भागमा बाँडिएका थिए । एउटा समूह नौ विविध किसिमका खाना कम्प्युटरमा रहेको तास खेल्न थाले । अर्को समूह चाहिँ सोही खाना बिना कुनै तनाव र अवरोध रुचिपर्ूवक खाना खाए ।

पछि अनुसन्धाताहरुले के पाए भने कम्प्युटरमा गेम खेल्दै खानेहरुले कम खाना खाएको अनुभव गरे र उनीहरुले गेम खेलिसकेपछिको ३० मिनेटभित्रै दोस्रो पटकको खाना खान थाले भने गेम नखेली खुइँखुइँती खाना मात्रै खानेहरुले चाहिँ थप खाजा खानुपर्ने स्थिति देखिएन । गेम खेल्नेहरुले त आफूले के के खायौँ भन्ने समेत भेउ पाएनन् ।

यस किसिमको खाना ख्वाईका कारण बढ्ता भोजन गर्ने बानीको विकास हुने र मोटोपन वृद्धि हुने अनुसन्धाताहरुले निश्कर्षनिकालेका छन् । यो गेम खेल्दा मात्र हुने नभई टीभी हर्ेदा पनि यस्तै किसिमको परिणाम निस्किएको बताइएको छ ।

 
Click Here To Read Previously Posted Article             
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: