Home» Around the World »Weird and Interesting

होटल ध्वस्त पार्ने काइदा

लुकाइएको क्यामेराबाट तपाईंको गतिविधि खिचिँदैछ भनेर कसैले तपाईंलाई जानकारी दियो भने के गर्नुहुन्छ - पक्कै पनि खोज्न थालिहाल्नु हुन्छ । आखिरमा आफ्नो निजत्व कसलाई पो मन पर्दैन र -


 
अमेरिकाको साउथ क्यारोलिनास्थित स्पार्टनबर्गमा रहेको एउटा होटलमा बास बसेका ७३ वषर्ीय एक व्यक्ति सुतिरहेको बेला एउटा फोन आयो । त्यो फोनमा दाबी गरियो- 'तपाईंभन्दा अघि यो होटलमा बसेको एक व्यक्तिले तपाईं बसेको कोठामा उच्चस्तरीय क्यामेरा जडान गरेको छ । तपाईंका गतिविधि अहिले मैले हेरिरहेको छु । त्यसैले तपाईंले क्यामेरा कहाँ राखिएको छ भन्ने पत्ता लगाएर निकाल्नुस् ।'

अकस्मात आएको फोनले बूढा जोसेफ जोन्सको कन्पारो तात्यो । उनले टेलिभिजनलाई छोपिदिए- ट्वाइलेट पेपरले । त्यतिमा पनि चित्त बुझेन र त्यो टीभी नै झ्यालबाहिर फ्याँकिदिए ।

फोन गर्नेले आफूलाई होटलको म्यानेजर भएको दाबी गर्दै जोन्सलाई सहयोग गर्न फोन गरेको बताएको थियो । शुरुमा टीभीको प्लग निकाल्न बूढालाई सुझाव दिइएको थियो, त्यसपछि टीभीलाई ट्वाइलेट कभरले हिर्काउन र त्यसपछि पनि टीभी नफुटेपछि झ्यालबाट टीभी फ्याँकिदिन सुझाइएको थियो ।

त्यसपछि नजिकको ऐनामा अर्को क्यामेरा रहेको र ऐनालाई पनि झ्यालबाट बाहिर फ्याँक्न भनियो । बूढाले रिसको चूरमा जसोजसो पुरेतबाजे उसैउसै स्वाहा गरिदिए ।

उनलाई फेरि अर्को फोन आयो र उनले प्रहरीको सहयोग पाउन ट्वाइलेटछेउमा रहेको अर्को चोर झ्याललाई फुर्टाई प्रहरीको सहयोग माग्न आदेश दिइयो । उनले झ्याल फुटाउँदै गर्दा छेउछाउका पाहुनाहरु ब्युँझिएर होटलको प्रशासनलाई खबर गरे । प्रहरी त आयो, उनलाई सहयोग गर्न चाहिँ आएन । बरु उनलाई पक्राउ गर्न चाहिँ आइपुग्यो ।

अमेरिकाभर यस्ता घटना पछिल्लो समय बढ्दै गइरहेका कारण ती पेन्सनपट्टा कमाइसकेका बूढालाई कुनै पनि आरोप नलगाई प्रहरीले त्यत्तिकै छाडिदिएको छ । यस्तै घटना थुप्रै ठाउँमा घटिसकेको प्रहरीले जानकारी दिएको छ ।

यता होटल मोटल सिक्सका प्रवक्ताले भने- 'भलै होटलको केही सामाग्री क्षति भयो तर्रर् इश्वरलाई धन्यवाद छ-यस्ता घटिया फोनका कारण कसैको पनि ज्यान जोखिममा परेन ।'

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: