Home» Around the World »Weird and Interesting

अल्छीलाग्दो कक्षा कोठामा बढी म्यासेज पठाइन्छ

अमेरिकाको विल्की विश्वविद्यालयमा गरिएको एउटा अध्ययनअनुसार शिक्षकले अल्छीलाग्दो तरिकाले पढाउने कक्षामा विद्यार्थीहरुले एकअर्कालाई म्यासेज पठाउने गर्दछन् । कक्षाकोठाभित्रकै साथीहरुसँग मज्जाले योजना बनाउन एकअर्कामा म्यासेज आदान प्रदान गर्ने गर्दछन् । केही विद्यार्थीहरु त म्यासेज पठाउन कतिसम्म पोख्त भइसकेका छन् भने उनीहरुलाई मोबाइलको स्क्रीन पनि हर्ेन आवश्यक पर्दैन । यस्तो अवस्थामा धेरैजसो विद्यार्थीहरु आफ्नो ब्वाइप|mेण्ड तथा गःलप|mेण्डसँग कुरा गरिरहेका हुने गर्दछन् ।

विश्वविद्यालयमा मात्र होइन, हिजोआज प्रत्येक कलेज तथा हाइ स्कूलहरुमा यही समस्या रहेको अध्ययनले देखाएको छ । २ सय ६९ विद्यार्थीहरुमाझ गरिएको र्सर्भेअनुसार १० जनामध्ये ९ जनाले कक्षा जारी रहँदा एकअर्कालाई म्यासेज पठाउने स्वीकार गरेका छन् । कतिपय विद्यार्थीलाई त परीक्षा दिइरहेका बखत पनि म्यासेज आउने र लेखाइमा पर्ूण्ा रुपले हस्तक्षेप हुने गरेको अनुभवसमेत बताएका छन् । परीक्षाका बेलामा आफूले पनि म्यासेज पठाउने गरेको पनि उनीहरुले जनाएका छन् ।

यस्ता विद्यार्थीहरुमध्ये ३ प्रतिशतले फोनमार्फ् चिट चोर्ने गरेको समेत खुलासा गरेका छन् । उनीहरुलाई इमेल गर्नुभन्दा यो छिटोछरितो र रमाइलो लाग्ने अध्ययनले देखाएको छ । कक्षा कोठाको बीचमा यस्तो गर्न पाउनु उनीहरुले आफ्नो अधिकार ठानेका छन् ।

अध्ययनमा भाग लिने एक विद्यार्थीले भने- "हिजोआज विद्यार्थीहरु एकै समयमा धेरै वटा काम गर्न सक्ने भएका छन् । कामका बेलामा टेक्स्ट पठाउनु अन्य बेला अल्छी गरेको बेलाभन्दा प्रतिफलयुक्त हुने गरेको छ ।"

अर्का विद्यार्थीले बोरिङ कक्षामा बस्नुभन्दा विद्याकै बारेमा अन्य सूचना आदानप्रदान गर्नु राम्रो हुने बताएका छन् ।

राम्रो कक्षामा चाहिँ यस्तो क्रियाकलाप लगभग शून्य हुने गरेको पनि अध्ययनले देखाएको छ ।

केही व्यक्तिलाई विश्वविद्यालयमा पढ्नु स्वतन्त्रताको अनुभव हुँदो हो तर केही प्राध्यापकहरुले आफ्नो कक्षालाई विद्यार्थीहरुले ध्यान नदिएको फिटिक्कै मन पराउँदैनन् । विल्की विश्वविद्यालयका लरेन्स थोमसको कक्षा सधैँ चूपचाप चलिरहेको हुन्छ । यसको कारण छ र त्यो कारण हो, आफ्नो कक्षामा छिरिक्क आवाज आए मात्र पनि विद्यार्थीहरु घोक्र्याइने सम्भावना प्रवल छ । प्राध्यापक थोमस भन्छन्- "यो सीमित समय मेरो हो, जसलाई पढ्न मन छैन, उसले मोबाइल बाहिर गएर चलाउने, मेरो कक्षाभित्र होइन । उनीहरुले कक्षालाई इज्जत गर्न जान्नु आवश्यक छ ।"

तर धेरैजसो प्राध्यापकहरु लरेन्स थोमसजस्ता बुद्धिमानी छैनन्, त्यसैले पनि अरुको कक्षाहरुमा टेक्स गरिरहेका विद्यार्थी भेटिनु स्वाभाविक पनि छ । धेरैजसो प्राध्यापकहरुले देखेको नदेखे पढाइरहेका हुन्छन् ।

केही स्कूलहरु तथा कलेजहरुले त कतिसम्म नयाँ आइडिया फुराएका छन् भने, तिनले विद्यार्थीहरुलाई टेक्स्टमार्फ् प्रश्न गर्न अनुरोध गर्छन् । यसो गर्नुको खास कारण चाहिँ, कक्षामा धेरैजसो लजालु विद्यार्थीहरुले उभिएर प्रश्न सोध्न लजाउँछन् । त्यस्ता विद्यार्थीहरुले यस्ता प्रश्नोत्तरका माध्यममा निकै मज्जाले भाग लिएको अनुभवहरु पनि छन् । न्यूजिल्याण्डका एक प्राध्यापकले सन् २००९ को एउटा जर्नलमा यो अनुभव प्रकाशित गरेका छन् । त्यसैले प्रविधिलाई कक्षामा कसरी उपयोग गर्ने भन्ने बहस हुनुपर्ने आवश्यकता उक्त जर्नलले औँल्याएको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country