Home» Around the World »Weird and Interesting

अपराध सुन्दरीहरुको प्रतियोगिता

संसारभर अनौठा सुन्दरी प्रतियोगिता हुन्छन् तर मिस माफिया २०१० ले त सबैलाई उदेकमै पारिदियो । यसमा भाग लिने निर्ण्ाायकहरुले पनि डर्राई-डर्राई कुन चाहिँ सुन्दरी प्रथम भइन् भनी निर्ण्र्ाागर्नुपर्ने स्थिति आयो । किनभने, मिस माफियाहरुले विभिन्न किसिमका कला पर््रदर्शनी गर्दा गोली हान्ने कला पनि पर््रदर्शन गर्दा निर्ण्ाायकहरुको सातो जानु स्वाभाविक नै थियो ।



हंगेरीको राजधानी बुढापेस्टमा आयोजन गरिएको उक्त सौर्न्दर्य प्रतियोगितामा भाग लिने युवतीहरुको माफियासँग वा अपराधसँग सम्बन्ध हुनुपर्ने नियम राखिएको थियो ।

तर यो सौर्न्दर्य प्रतियोगिताको अन्तिम निर्ण्र्ााचाहिँ आउँदो महिना हुने बताइएको छ र यसका लागि ४ वटा विभिन्न माफिया समूहका युवतीहरुले भाग लिइरहेको समेत जनाइएको छ ।

"यो सौर्न्दर्य प्रतियोगितामा भाग लिन पक्कै पनि अन्डरवर्ल्डसँग साइनो गाँसिएको त हुनर्ुपर्छ तर यसमा विजयी हुनका लागि तपाईं कति खतरनाक हुनुहुन्छ र कतिवटा अपराध या हत्यामा संलग्न हुनुहुन्छ भन्ने कुराको चाहिँ खासै अर्थ छैन", प्रतियोगितामा भाग लिएकी एलेक्सा डायमण्डले भनिन्- "सौर्न्दर्य प्रतियोगिता भन्ने बित्तिकै तपाईं सुन्दर हुनर्ैपर्छ ।" उनी एकताका हंगेरी माफियाकी निजी सहायक भएर ३ वर्षकाम गरिसकेकी हुन् ।

उनकी प्रतिद्वन्द्वि बिटा काल्मनले थपिन्- "म यो प्रतियोगितामा भाग लिन पाएकोमा खुसी छु । यदि म यहाँ सुन्दरी प्रतियोगिता जित्न र्समर्थ भएँ भने चाहिँ लागू औषध बेच्ने पुरानो धन्दा छोड्न चाहन्नँ । किनभने, यही धन्दाका कारणले म अहिले यो सुन्दरी प्रतियोगितामा छानिन सफल भएँ ।"

यता अर्की प्रतियोगी क्लारा डाक चाहिँ एकताका सम्पत्तिमा हिनामिना गरेपछि जेल परेकी थिइन् । उनले निर्ण्ाायकहरुले सोधेको प्रश्नमा उत्तर दिएकी थिइन्- "म यहाँबाट जितेँ भने चाहिँ कुनै किसिमको सामाजिक काम गरेर समय खेर फाल्ने छैन किनभने त्यसका लागि पहिले नै धेरै संस्थाहरुले टाउको दुखाइसकेका छन् । मलाई त र्सवसाधारणहरुको सम्पत्तिमा दुलो खोज्दै, त्यहाँबाट पैसा ऐंठिन पाए हुन्थ्यो भन्ने लागिरहन्छ ।"

यता अर्की प्रतिस्पर्धी छिन्, अश्लील चलचित्रकी नायिका एलेट्टा ओसिन । उनले र्सार्वजनिक स्थलमा अश्लीलता फैलाएको अभियोगमा जेल हालिएको थियो । "म राम्रो व्यवहारमा चलुँ भनेर प्रयास गर्दा पनि १ घण्टाभन्दा बढी समय राम्रो र असल हुनै सक्तिनँ", उनले भनिन्- "त्यसैले योजस्तो मेरा लागि राम्रो सौर्न्दर्य प्रतियोगिता शायदै अरु केही होला ।"

यो प्रतियोगिता जित्नेले एउटा कार र बुढापेस्टमा एउटा अपार्टमेन्ट हात पार्ने छन् । यो प्रतियोगितामा प्रथम हुनेले मिस माफिया युनिभर्समा भाग लिने छिन् र यो कार्यक्रम जापानको याकुजा शहरमा आगामी वर्षआयोजन हुन गइरहेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: