Home» Around the World »Weird and Interesting

मोटा मान्छेलाई सित्तैमा खाना

अमेरिकाको एउटा रेष्टुराँले मोटा मानिसहरुलाई सित्तैमा खाना खुवाउने भएको छ । तर उसले सँगैमा एउटा शर्त पनि तेर्‍स्याएको छ । त्यो शर्त हो, सित्तैमा खान पाउने व्यक्तिको तौल कम्तिमा २५ स्टोन अर्थात् १ सय ५९ केजी चाहिँ हुनै पर्छ ।



अमेरिकाको एरिजोनास्थित चन्डलर नामक स्थानमा भर्खरै खुलेको हर्ट एट्याक ग्रिन नामक रेष्टुराँले आफ्नो प्रचारका लागि यो योजना बाहिर ल्याएको हो । रमाइलो के छ भने यस रेष्टुराँको म्यानेजर ब्लेयर रिभरको तौल चाहिँ ४३ स्टोन अर्थात् २ सय ७३ किलोग्राम रहेको छ । उनी आफू म्यानेजर भएपछि रेष्टुराँको प्रचारका लागि यो फन्डा अपनाएका हुन् ।

रिभरको यो तौल देखेपछि रेष्टुराँले उनलाई म्यानेजरका रुपमा लिने त एउटा पक्ष होला, तर उनको खानाप्रतिको मोहका कारण उनलाई रेष्टुराँमा लिइएको विज्ञप्तिमा जनाइएको छ । यो रेष्टुराँका लागि शुरुमा उनलाई मोडलका रुपमा लिइएको थियो । उनले खाना खाँदै गरेको एउटा विज्ञापन युट्युबडटकममा प्रेषित गरिएको थियो ।

यो रेष्टुराँ चाहिँ ओक्लाहामास्थित जेनी क्रेगको चेन रेष्टुराँ हो । पहिला यो रेष्टुराँ चेन पर्ूव पोषणविद् जोन बास्सोले चलाउने गर्दथे ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country