Home» Around the World »Weird and Interesting

ट्रक किन्दा राइफल सित्तैमा

ट्रक बेच्ने एउटा वितरकले अनौठो तरिका फेला पारेका छन् । उनले हालै गरेको एउटा विज्ञापनमा आफ्नो पसलबाट ट्रक किन्दा एउटा एके ४७ राइफल सित्तैमा दिने बताएको छ ।

अमेरिकाको फ्लोरिडा राज्यस्थित सानफोर्डमा रहेको नेसन्स ट्रक्सले यो उपहार राखेको हो । तर यो ट्रक नयाँ भने होइन । पहिले प्रयोग गरिसकेका यस्ता पुराना ट्रक किन्दा राइफल सित्तैमा दिने बम्पर उपहार राखिएको हो ।



गएको साता यो बम्पर उपहार राखेपछि ट्रकको बिक्री दोब्बर बढेको बिक्री प्रबन्धक निक गिनिटाले बताएका छन् । सित्तैमा एके ४७ पाइने विज्ञापनलाई ठूलो पोस्टर बनाएर शहरभर प्रचार गरिएको छ ।

त्यसो त ट्रक किन्ने बित्तिकै त्यही पसलबाट उनले बन्दूक उठाएर उपहार दिने भन्ने चाहिँ होइन । ट्रक किनिसकेपछि उनले ४ सय डलर उनलाई फिर्ता दिइन्छ र त्यो पैसाले नजिकैको बन्दूक पसलबाट किन्न पाइन्छ ।

यस्तो समाचार प्रकाशमा आएपछि चाहिँ केहीका आँखी भौँ ठाडा भएका छन् र यसलाई गलत सन्देश जाने भन्दै रोक्न आग्रह गरेका छन् । तर पसले गिनेटा भन्छन्- "मलाई लाग्दैन कि यसो गर्दा जनसमुदायमा गलत सूचना पुगिरहेको छ । किनभने, यो बन्दूक किन्नका लागि तपाईंले ट्रक किनिरहनै पर्दैन ।

नोभेम्बर महिनाभरि मात्र रहने यो उपहार योजना त्यसपछि थपिने कि नथपिने भन्ने बारेमा उनले सोच्न भने भ्याएका छैनन् । "यति बिजी भएको छु कि त्यसबारे सोच्न भ्याएको छैन", उनले स्थानीय टीभीलाई भने ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: