Home» Around the World »Weird and Interesting

ठाउँमा नउत्रिदा जरिवाना

एउटा विश्वविद्यालयका प्राध्यापक सही ठाउँमा नउत्रिदा उनले १ सय ५५ पाउण्ड जरिवाना तिर्नुपरेको छ । उनी सही ठाउँभन्दा एक बिसौनीअघि नै उत्रिएका थिए ।



प्रोफेसर मार्टिन इभान्स बिर्मिङ्घमबाट दर्ुहाम र्फकदै थिए । उनी विश्वविद्यालयका दर्शनशास्त्र पढाउने गर्दछन् ।

दर्ुहामबाट बिर्मिङ्घम जाँदै गर्दा उनलाई आफ्नो घर याद आयो । त्यसैले उनी बिर्मिङ्घम नगई बीच बाटोमा रहेको आफ्नो घर डार्लिङटनमा उत्रिए । तर उत्रिदा स्टेशनबाट बाहिर निस्कनका लागि ढोकामा आफ्नो टिकट तेर्‍स्याए तर ढोकाले मरिगए उनका लागि खोलिदिएन । समयभन्दा अघि नै रेल छाडेको कारणले उनका लागि ढोका नै खोलिएन ।

त्यसपछि उनले त्यहाँका कर्मचारीहरुलाई बोलाएर आफ्नो टिकट देखाएर आफू घर जान चाहेको बताए ।

उनीजस्ता विद्वानले पनि नियमअनुसारको काम नगरेको भन्दै रेलका कर्मचारीहरुले १ सय ५५ पाउण्ड तिरेपछि मात्र उनलाई त्यहाँबाट जान स्वीकृति दिइने बताए । तर उनले पैसा तिर्न अस्वीकार गरे । "यो त पागलपनको हदै भयो, यदि तपाईंले काटेको टिकटअनुसार तपाईं जान रुचाउनु भएन भने उल्टै जरिवाना तिराउनु अति नै हो", प्रोफेसर मार्टिनले असन्तुष्टी पोखे ।

यता रेल सञ्चालक इस्ट कोस्टले प्रोफेसर इभानमा लगाएको आरोप र तिर्नुपर्ने जरिवानालाई मिनाह गरेको छ । तर प्रोफेसरले त्यो रकम तिर्नु नपरे पनि कम्पनीको नियम चाहिँ त्यही रहनुपर्ने रेल सञ्चालक इस्ट कोस्टले जनाएको छ ।

रेलका प्रवक्ताले भने- "फस्ट क्लासको टिकट अघि नै किन्दाका अवस्थामा त्यहाँ खरीदारले मान्नुपर्ने नियमहरुका बारेमा लेखिएको हुन्छ । त्यहाँ यात्रा गर्ने रुटलाई यदि कसैले नमानेको खण्डमा रेलबाट उत्रिन नपाइने भनेर नै लेखिएको हुनाले त्यो नियम नपढ्नु प्रोफेसरकै गल्ती देखिन्छ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: