बेलायतको उत्तरपर्ूर्वी जिल्ला काउन्टी दर्ुहामको एक जोडीले आफ्नो सन्तान एक सातामा नै परिवर्तन भएकोमा चकित परेका छन् । जन्मिदा उनीहरुलाई डाक्टरहरुले छोरी पाएकोमा बधाइ दिएका थिए । तर एक सातापछि छोरी ठानिएकी सन्तानको लिङ्ग परिवर्तन भइदिएपछि उनीहरु चकित पर्नु स्वाभाविक नै थियो ।
समयमै गर्भवती भएकी क्लेयर सब्सनले समयभन्दा अगावै एउटी सन्तान जन्माएकी थिइन् । जन्मने बित्तिकै चाँडै जन्मिएकी ती सन्तान छोरी भएको डाक्टरहरुले सूचना दिएका थिए । त्यसपछि ती नानीलाई पाँच साताको सघन उपचार कक्षमा भर्ना गरिएकी थिइन् । एक साताको रेखदेखपछि ती छोरीको लिङ्ग परिवर्तन भएर योनीको ठाउँमा पुरुष जनेन्द्रिय उम्रिएको डाक्टरहरुले बताएका छन् । यो सुनेपछि २७ वषर्ीय पिता एन्ड्रयू ओशगेसी अलमलमा परेका छन् । उनीहरुको पहिलो सन्तान नै यसरी आमा-बालाई चकित पार्ने गरी जन्मिएपछि उनीहरु खुसी हुने कि आर्श्चर्यमा पर्ने भन्ने निक्र्योल गर्न सकिरहेका छैनन् ।
दन्डरल्याण्ड रोयल हस्पिटलमा ती बालिका जन्मिएकी २१ वषर्ीया आमा रब्सनले जनाएकी छिन् । अहिले सन्तान जन्मिएपछि स्वास्थ्यलाभ गरिरहेकी आमा रब्सनले ११ सातामा नै बच्चीलाई जन्माएकी थिइन् । छोरी जन्मिएको थाहा पाएपछि उनीहरुले तिनको नाउँ ओलिभिया राख्ने निक्र्यौल गरेका थिए र छोरीका लागि भनेर गुलाबी पहिरन किनिएको थियो ।
पछि केही साताको आरामपछि आफ्नी सन्तानलाई हर्ेन श्रीमान्श्रीमती अस्पताल पुग्दा अस्पतालका कन्सल्ट्यान्टले ओलिभिया छोरी नभई छोरा भएको बताएका थिए ।
"त्यो सुन्दा मलाई रुन मन लाग्यो", आमा रब्सनले भनिन्- "छोरी भनिसकेपछि उसका लागि भनेर मैले कस्ताकस्ता सपना देखेकी थिएँ तर अब बानी पर्न केही समय लाग्ने भयो ।" "समयभन्दा अघि नै जन्मिएकाले उसको शरीर पर्ूण्ा रुपमा बनिसकेको थिएन, त्यसैले यो सन्तान छोरा हो वा छोरी भनेर कसैले भन्न सक्ने अवस्था थिएन", उनले थपिन्- "अब ओलिभिया नाम परिवर्तन गर्नुपर्ने आवश्यकता छ तर पनि हामीले उसको नाउँ डाइलन राख्ने निधो गरिसकेका छौँ ।" "अब ऊ छोरो नै भए पनि उसको माया त के कम हुन्थ्यो र !" उनले भनिन्- "तर घरभरि छोरी जन्मिएको भनी बधाइ र शुभकामना दिनेहरुको कार्डमा चाहिँ काटेर छोरा थप्नुपर्ने भयो !"