Home» Around the World »Weird and Interesting

छाप्रोमुनि सुरुङ खन्न जागीरले सघायो

चीनको एउटा खानीमा वर्षौं सेवा गरेका एक चिनियाँले त्यहाँ काम गरेको अनुभवबाट आफ्नो घरमुनि अर्को घर बनाएका छन् । सेवानिवृत्त ती पर्ूव मजदूरले हाल बस्दै आएको आफ्नो जर्ीण्ा छाप्रोमुनि घर बनाएका छन् ।



आफू तथा परिवारका लागि छाप्रो सानो भएकाले तयसमुनि १८ फिट खनेर घर बनाएका ६४ वषर्ीय चेन निन्यानले बताए । माकासिँदो बजार मूल्यका कारण जमिनमाथि घर बनाउने आफ्नो सपना कदापि पूरा नहुने भएकाले विगत ४ वर्षेखि सुरुङ खनेर गृहनिर्माणको कार्य लगभग पूरा गरेको चेनले जनाएका छन् ।

हेनान प्रान्तको झेङझाउ शहरका चेनले आफ्नो भूमिगत घरको ५० वर्षमिटर खनिसकेका छन् भने त्यहाँ तीन वटा शयन र एउटा पाहुना कोठा हुने बताएका छन् ।

सरकारी समाचार समिति सिन्हृवाका अनुसार भूमिगत गृहनिर्माणका लागि आवश्यक पर्ने उपकरण उनले एकल लगानीमा खरीद गरेका हुन् । ४० वषए खानीमा मजदूरी गरेको अनुभव उनका लागि नयाँ घर बनाउन सहयोगी भएको उनको विश्वास छ ।

"८ रेक्टर स्केलको भूकम्पलाई सजिलै थाम्न सक्ने मेरो घर जाडोमा न्यानो र गर्मीमा शीतल हुनेछ", उनले भने ।

चीनमा विगत केही वर्षेखि फस्टाएको आवास निर्माण व्यवसायसँगै बढेको मूल्यले र्सवसाधारणलाई गृहनिर्माण एउटा सपना मात्र भएको छ । लाखौँलाख चिनियाँ घरबारविहीन भएकाले घरनिर्माण तथा खरीद अहिले राष्ट्रिय बहसको विषय बनेको छ ।

सरकारले पनि मध्यमवर्गीय परिवारलाई मद्दत पुर्‍याउने उद्देश्यले नयाँ घर बिक्रीसम्बन्धी नीति तथा अग्रिम बेचविखन नियमावलीलाई कर्डाईका साथ कार्यान्वयन गरेर मूल्य नियन्त्रणका उपाय अवलम्बन गरेको छ । उक्त नियमअर्न्तर्गत सरकारले दोस्रो वा तेस्रो घर खरीदका लागि प्रदान गर्दै आएको ऋणसुविधाको व्यवस्था खारेज गरेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: