Home» Around the World »Weird and Interesting

पुजारी नाच्दा इन्टरनेटमा हल्लीखल्ली

यु ट्युबमा हालिएको एउटा भिडियोको हल्लीखल्ली अलि बढी नै भइरहेको छ । तर नहोस् पनि कसरी चर्चमा प्रवचन दिने पादरीले स्केटिङ गर्दै गरेको कम्ता रमाइलो पनि त छैन ! त्यसैले त त्यो भिडियो हालिएको केही सातामा नै २ लाख ५० हजार व्यक्तिले युट्युबमा हर्ेन भ्याइसकेका छन् ।



४५ वषर्ीय पादरी जोल्टन लेन्डभाइले यसो गर्नुको मुख्य कारण चाहिँ स्केटिङका माध्यमबाट युवा वर्गलाई लोभ्याउनु आफ्नो उद्देश्य रहेको बताएका छन् । युवा वर्गमा पादरीजस्ता व्यक्ति पनि स्केटिङ गर्दा रहेछन् भन्ने सन्देश जानु सकारात्मक भएकाले यसो गरिएको उनको धारणा रहेको छ । युवा पुस्तालाई धर्मप्रति आस्था बढाउन पनि उनले यो भिडियोलाई संसारभर र्छर्नुपर्ने आवश्यकता उनले देखेका हुन् ।

युट्युबमा फन्नी प्रिस्ट स्केटबोर्डिङ शर्ीष्ाकमा राखिएको यो भिडियोमा देखिएका पादरी चाहिँ हंगेरीका हुन् । उनले मज्जैले आफ्नो कला देखाएका छन् । उनको कलाकै कारण पनि यो भिडियो यति लोकप्रिय भएको हुनसक्ने विश्लेषकहरुले बताएका छन् ।

१९ औँ शताब्दीको शुरुताका इटालीका पादरी र शिक्षकहरुले गरीव विद्यार्थीहरुको शैक्षिक स्तर उकास्नका लागि प्रयास गरेका थिए । "त्यस्तै प्रयास चाहिँ हामीलेर् धर्मप्रतिको आस्था बढाउनका लागि केही गर्न सकिन्छ भन्ने मलाई धेरैअघिदेखि लागिरहेको थियो", उनले भने- "त्यसैले मैले पनि यो करतब देखाएको हुँ ।" अधिकांश बालबालिकाहरु १४ वर्षो उमेरदेखि यस्ता किसिमका खेलमा लाग्छन् । पादरीको यो चालाले टीन एजरहरुको एउटा समूह चर्चमा आउन थालेको पनि समाचारमा जनाइएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,