Home» Around the World »Weird and Interesting

गुडिरहेको गाडीबाट चालकै खसेपछि...

अमेरिकाको एउटा स्कूल बस चलाइरहेका एक चालक उल्टी गर्न टाउको गाडीबाट निकाल्दा गुल्टिएर लडेपछि स्कूल बस कम्पनीलाई मुद्दा हालिएको छ । विद्यार्थीले भरिएको उक्त स्कूल बस सडक छोडेर अन्तै गुडेर ठोक्किन पुगेको थियो ।



बस कम्पनीलाई एक महिलाले आफ्ना सन्तान घाइते भएको भन्दै इलिनोइस राज्य अदालतमा मुद्दा हालेकी छिन् । उनले क्षतिपर्ूर्तिबापत् ३० हजार पाउन्ड दाबी गरेकी छिन् ।

स्कूलका विद्यार्थी ज्याकल कलबर्टकी आमा अकिला गिडिङ्सले बसमा चालकलाई वाक्वाकी आएपछि निहुरिदा उनी बसबाट गुल्टिएको दाबी गरेकी छिन् । त्यसरी गुल्टिदा बस दर्ुघटनाग्रस्त भएको उनको दाबी छ ।

अदालतमा हालिएको मुद्दामा चाहिँ बसमा भएका बालबालिकाहरुलाई कस्तो किसिमको चोटपटक लाग्यो र गाडीमा चढेका सबैलाई चोट लागेको थियो कि थिएन भन्ने विषयमा भने खुलाइएको छैन ।

यो मुद्दा इलिनोइस सेन्ट्रल स्कूल बसलाई लगाइएको छ । यो बस कम्पनी इलिनोइसकै सबैभन्दा ठूलो स्कूल बस कम्पनी हो ।

यता कम्पनीकी प्रवक्ता डायना हलामले चाहिँ मुद्दाका बारेमा बोल्न अस्वीकार गरिन् । "तर सुरक्षा बस कम्पनीको पहिलो पंक्तिको चासो चाहिँ हो", उनको भनाइ थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,