Home» Around the World »Weird and Interesting

घर चलाउन कुमारीत्व बेच्ने विवादमा

हंगेरीकी एक स्कूले विद्यार्थीले आफ्नो कुमारीत्वलाई एउटा बेलायती व्यापारीलाई किन्न गरेको आग्रहपछि ती व्यापारीले ती युवतीसँग बिहेको प्रस्ताव राखेका छन् ।



१७ वर्षो ती युवतीले आफ्नी आमा र उनी बस्दै आइरहेको घरलाई लिलामीबाट बचाउनका लागि आफ्नो कुमारीत्व बेच्न लागेकी थिइन् तर व्यापारीले बिहेको प्रस्ताव आएपछि उनले घर बचाउन कुमारीत्व बेच्न खोजेको श्रीमान् खोज्न होइन भन्ने जवाफ दिएकी छिन् ।

कुमारीत्वलाई उनले इबेमार्फ् बेच्न खोजेकी थिइन्, जहाँ १ लाख पाउण्डसम्म किन्नेहरु पुगेका थिए । तर इबेबाट सरेर यो हंगेरीको टीभीमा र्सन पुगेको छ । टीभीबाट उनको कुमारीत्व किन्न खोज्ने कोही छ कि भनी प्रचार गरिएको थियो ।

उनले आफूसँग कहिल्यै केटा साथी नरहेको दाबी गरेकी छिन् । यसो गर्दा कुनै किसिमको पनि गलत काम नभएको उनको भनाइ रहेको छ ।

"यो एक रातको कुरा मात्र हो र मेरो विचारमा यो निकै रोमान्टिक होलाजस्तो लाग्छ । पैसाले मेरो परिवार जोगाउने छ र म घरबिहीन हुनबाट जोगिने छु", उनले प्रतिक्रियास्वरुप भनेकी छिन्- "तर ती बेलायती व्यापारी चाहिँ एक रात बिताउनेभन्दा अलि अघि नै बढ्न खोजे । मलाई श्रीमान् होइन, घर जोगाइदिने व्यक्ति मात्र चाहिएको हो ।"

उनले आफ्नो निजी ब्लगमा मिस स्प्रिङ नामबाट आफ्नो समस्या र कुमारीत्व बेच्न चाहेको लेखेकी थिइन् । प्रतिक्रियास्वरुप यति धेरै केटाहरुले उनको कुमारीत्वमाथि दाउ लगाउन थाले कि उनले उनकी आमालाई समेत देखाउनु पर्‍यो । उनले आफ्नो २० महिने भाइको जिम्मेवारीसमेत उठाउनुपर्ने भएकाले यसो गरेको बताएकी छिन् ।

"यस्तो कुरा गोप्य राख्नु राम्रो नहुने ठानेर मैले मेरी आमालाई यो कुरा बताएँ तर आमा मेरो कुरा सुनेर छक्क परिन् । उनले रुँदै यसो नगर्न अनुरोध पनि गरिन् तर घर बचाउने मसँग अन्य उपाय थिएन", उनले बताएकी छिन्- "धेरैले मलाई शहीद पनि भने र कतिले चाहिँ वेश्या भन्न पनि भ्याए तर म दुवै होइन ।"

पछिल्लो समाचारअनुसार उनले टीभीमा प्रत्यक्ष रुपमा उनको कुमारीत्वको लिलामी गरेकी छिन् । उनको बाजीलाई हंगेरीकै एक पुस्तक पसलेले हात पारेका छन् । केही साताअघि भएको उक्त लिलामी ३ लाख यूरोमा भएको समाचारमा जनाइएको छ । लिलामीमा बेलायती व्यापारी, एक आयरल्याण्डबासी, जर्मन पनि रहेको बताइएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: