Home» Around the World »Weird and Interesting

कुखुरामा जिजस क्राइस्ट

ग्लोरिया नामक एउटी कुखुरीको प्वाँखमा जिजस क्राइस्ट पलाएपछि त्यस कुखुरीकी मालिक्नी २५ वषर्ीया मिसेल ग्रेन्जर छक्क परेकी छिन् । यसलाई उनी "चमत्कार" भन्न थालेकी छिन् । गएको साता उनले आफ्नो कुखुरीको प्वाँखमा जिसस क्राइस्टलाई देखेकी हुन् । कुखुरीले धुलोमा खेल्दै गर्दा यस्तो देखिएको उनको भनाइ छ ।



बेलायतको हेल्सोविन न्यूजले उनको भनाइ छाप्दै लेखेको छ- "मैले जब त्यो दृश्य देखेँ र मुखबाट फुत्त निस्कियो जिसस क्राइस्ट । त्यहाँ जिससको अनुहार प्रस्टै देखिन्थ्यो र हतार हतार फोटो खिचेँ । त्यो फोटो मैले मेरी आमालाई देखाएँ र उहाँले पनि जिसस क्राइस्टसँगै काँडाको मुकुट पनि देख्नु भयो ।"

वेस्ट मिडल्याण्डको रली रेगिस निवासी उनले पालेको यो कुखुरीलाई केही समयअघि एउटा फ्याउरोले आक्रमण गरेको थियो । तर त्यो आक्रमणबाट ऊ बच्न सफल भएकी थिई ।

"गाउँमा फ्याउरो पसेर हाम्रा २० मध्ये १९ वटा कुखुरा सखाप पारेको थियो । त्यो आक्रमणमा यही एउटी बाँचेकी थिई । शायदर् इश्वरकै यही दयाका कारण ऊ बाँचेकी हुँदी हो", उनले आफ्नो विश्वास व्यक्त गरिन्- "ग्लोरिया गेनोरको आइ विल र्सभाइभ नामक गीत सुन्दा यो कुखुरीको नाउँ पनि त्यही राखिदिउँ लागेर ग्लोरिया राखेको हो ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: