Home» Around the World »Weird and Interesting

ट्राफिक संकेतबाट दिक्क

लण्डनका व्यस्त सडक र चोकहरुमा बग्रेल्ती पाइने ट्राफिक संकेतका कारण दिक्क बनेको बेलायती सरकारले त्यसका विरुद्ध युद्ध छेड्ने जनाएको छ । ट्राफिक बत्ती राखिने खम्बा, रेलिङ, विज्ञापनका बोर्डहरुका कारण यति सुन्दर शहरको इङ्लिस चरित्रमा धब्बा लागेको उसको गुनासो छ ।



कम्युनिटीज सेक्रेटरी एरिक पिक्लस र ट्रान्सपोर्ट सेक्रेटरी फिलिप हेमन्डले बेलायतभरका स्थानीय काउन्सिलका नेतृत्व तहलाई बोलाई सडकको दायाँबायाँ देखिएको यो "फोहोर"लाई तह लगाउन अनुरोध गरेका छन् । रमाइलो त के छ भने, त्यस्ता फोहोर तह लगाउने सूचीमा ट्राफिकको संकेत बत्तीसमेत परेका छन् ।

यस्ता ट्राफिक संकेतले पैदलयात्रु र गाडीचालकलाई समेत रनभुल्लमा पार्न थालेका कारण यसलाई हटाउने अभियान शुरु गरिएको बताइएको छ । कतिपय प्रभावशाली संकेत बत्तीहरु पनि हटाउने अभियानमा सरकार लागिपरेको छ । "कतिपय प्रभावशाली बत्तीसंकेत पनि हामीले हटाउने प्रयास गरिरहेका छौँ", हेमन्डले भने- "यसो गर्दा चालकहरुमा जिम्मेवारीबोध होस् भन्ने हामीले चाहेका हौँ ।"

सरकारबाट यस्तो संकेत पाउने बित्तिकै बेलायती यातायात विभागले ट्राफिक बत्ती र संकेतसम्बन्धी आफ्नो नीतिमा परिवर्तन गर्ने भएको छ । यसका लागि जनताबाट नयाँ सुझावहरु पनि माग गर्दै यही वर्षभत्रै नयाँ ट्राफिक संकेतसम्बन्धी नयाँ नीति प्रकाशन गर्ने तयारी गरिरहेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,