Home» Around the World »Weird and Interesting

भाग्यमानी जोडी

अमेरिकाका एक युवाले आफूसित बिहे गर्न स्वीकार गरेकी युवतीलाई उपहार स्वरुप एउटा चिठ्ठाको टिकट किनेर दिएका थिए । तर युवती यति भाग्यमानी निस्किइन्, उनलाई त्यो चिठ्ठाको टिकटले २ लाख ५० हजार डलर हात लगाइदियो ।

अमेरिकाको मिसोरीमा बसोबास गर्ने ३३ वर्षीय रबर्ट रसेलले ३० वर्षीया ट्रयासी रोजर्सलाई जुन दिन मगनी गरेका थिए, त्यस उपलक्ष्यमा उनले भावी श्रीमतीलाई एउटा चिठ्ठा किनेर उपहारस्वरुप दिएका थिए । उनीहरु दुवैले त्यो चिठ्ठा बिहेको दिन मात्र कोट्याउने भन्ने सल्लाह गरे । पछि बिहेको पहिलो रात आफ्नो बिहेलाई रोमाञ्चक बनाउन ती दुवैले मिलेर स्क्र्याच गर्दा २ लाख ५० हजार डलरको उपहार परिदियो ।



यता मिसोरी लोटरीले पनि उनीहरुको रकम परेको र तिनीहरुलाई यो रकम चाँडै प्रदान गरिने जानकारी दिएको छ ।

वैवाहिक बन्धनमा बाँधिनुअघि नै आफ्ना लागि लिएको घरको ऋण तिर्न उनीहरुले यो रकम उपयोग गर्ने नयाँ दुलाहा-दुलहीले जनाएका छन् । ूघरको ऋणले हाम्रो ज्यान नखाने भयोू, पति रबर्टले मुस्काउँदै पत्रकारहरुलाई जानकारी दिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code:
 
 
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
  
 
 
 

Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal