Home» Cinema »Feature



जनआन्दोलन भाग दुइपछि नेपाली चलचित्रको स्वरुप र शैली परिवर्तन हुनु आवश्यक छ भन्ने आवाज उठिरहेको बेला युवापुस्ताका आशालाग्दा चलचित्रकर्मी सन्तोष लोहनीले नारीमाथि हुने शोषणका बारेमा ९० मिनेटको चलचित्र बनाएका छन् ।

डिजिटल फर्म्याटमा बनाइएको यो चलचित्रले नारीले नै नारीमाथि शोषण गरिरहेका छन् भन्ने नजीरलाई अघि राख्दै पुरुषले नारीमाथि शोषण गर्यो भन्छन् तर होइन, पुरुषले गर्ने शोषणभन्दा नारीले नारीमाथि गर्ने शोषण भयावह छ । अहिले बनेका चलचित्रमध्ये अलि गम्भीर विषय उठाउँ भनेर नै सन्तोष यसमा लागिरहेको बताउँछन् ।

नेपाली चलचित्रको नायक बन्न काठमाडौँ छिरेका यी युवाले १६ वर्षअघि अपमान भिडियो फिल्मबाट आफ्नो कलायात्रा शुरु गरेका थिए । विपनाको जोडी भएर त्यसमा अभिनय गरेपछि उनी नारायण पुरीको निर्देशनमा जयविजय टेलिफिल्ममा मुख्य भूमिकामा उदाएका थिए । पछि ६/७ वटा म्युजिक भिडियोमा अभिनय गरेपछि भने उनमा अभिनय तिर्खा मेटिएको थियो । यसपछि उनलाई केही नयाँ र राम्रो काम गर्ने हुटहुटीले नारीतिर तानिएका थिए ।

चलचित्रमा सुनील थापा, मिथिला शर्मा, लक्ष्मी गिरी, गणेश मुनाललगायत नयाँ पुस्ताकी आशालाग्दी अभिनेत्री सञ्जिता कोइरालाले पनि अभिनय गरेकी छिन् ।

त्यसो त यस्तो गम्भीर विषय उठाउँदा नारीवादीहरुको खप्की खान पनि सकिन्छ, तर सन्तोष यसमा अलिकति पनि विचलित छैनन्, भन्छन्- 'त्यो खप्की खानलाई म तयार छु र मसँग त्यसको जवाफ पनि छ ।' १२ लाख रुपियाँको लागतमा बनिरहेको यो चलचित्र अहिले सिनेम्याट्रिक्स स्टुडियोमा प्राविधिक कार्य भइरहेको छ ।

यो चलचित्रमा कुनै नृत्य, सङ्गीत र फाइटका दृश्य नभएकाले प्रचलित नेपाली चलचित्रको धारा परिवर्तन गर्न खोजेको निर्देशकको धारणा छ । विश्वका अधिकांश भागमा भ्रमण गरिसकेका यी निर्देशकलाई भने चलचित्रले पैसा नउठाउला भन्ने चिन्ता छैन । उनी भन्छन्- "मेरो फिल्मको पहिलो प्रदर्शन विदेशबाट शुरु हुन्छ, त्यसपछि नेपालका विभिन्न संघसंस्थासँगको सहयोग लिएर नेपालका ७५ वटै जिल्लामा च्यारिटी हुनेछ । त्यो च्यारिटी सकिएपछि भने यसको व्यवसायिक प्रदर्शन हुनेछ ।"

यिनको आत्मविश्वास हेर्दा लाग्छ, नेपालको सिनेमा उद्योगमा केही हुँदैछ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
निर्देशक नवीनता क्या बात ! रोचक कन्ट्रोभर्सी पेज 3 ग्ल्यामर घोषणा फिल्म फेस्टिबल कार्यक्रम पार्टी अभिनेत्री सोच प्रविधि रोमान्स सेक्स अभिनेता सञ्चारकर्मी
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group