जर्मनीको ओजरमेजिन्थलमा हालै नाङ्गेहरुको चिप्लेटी हर्ेन १४ हजारभन्दा बढी मान्छेहरु भेला भए । वाषिर्क रुपमा आयोजन हुने यो खेल त्यहाँको लोकप्रिय खेलमध्ये एक मानिन्छ ।
यो खेलमा ३० जना पुरुष तथा महिला प्रतिस्पर्धीहरुले भाग लिएका थिए । १० मिटर हिउँको चिप्लेटीको दौडमा प्रथम हुनेले आकर्ष पुरस्कार पाउने हुनाले पनि यसको आकर्षा चर्को भएको हो । यसको लोकप्रियता कतिसम्म छ भने, दौडमा कम उमेरका २६ वर्षो क्रिस्चियन स्किमितदेखि ७० वर्षो बूढाले पनि भाग लिएका थिए ।तर खेल चाहिँ क्रिश्चियन स्किमितले नै जित्न पुगे ।
नाङ्गेहरुको यस्तो चिप्लेटी शुरु गर्ने पहिलो श्रेय चाहिँ जर्मनीकै अर्को शहरलाई जान्छ तर पहिलो खेल समाप्त भएपछि शहरका मेयरले यसरी नाङ्गै खेल खेल्दा दर्शकहरुको मान मर्दन हुने बताउँदै खेलमा प्रतिबन्ध लगाएका थिए ।
हुन पनि माथिको जिउ नाङ्गै राख्नुपर्ने हुनाले महिलाहरु उति साह्रो आँट गर्दैनन् । तर महिलाहरु पनि पैसाका लागि खेलून् भन्ने उद्देश्यले प्रतियोगी महिलाका लागि बेग्लै ३ सय पाउण्डको पुरस्कार राखिएको थियो । उनीहरुले टाउकोमा हेल्मेट र खुट्टामा सुहाउँदो जुत्ता मात्र लगाउन पाउँछन् । हाफ पाइन्ट लगाउनु त स्वाभाविक नै हो ।
चेज रिपब्लिकको सिमाछेउको यो शहरका लिबरल पार्टर्ीी मेयर मिर्को अर्नेटले पनि कार्यक्रम प्रतिबन्धित हुनसक्ने चेतावनी दिएका छन् । उनले भने- यो कार्यक्रमले शहरकै नाउँ बदनाम होला भन्ने पीर भयो ।