चौवत्तरेहरु अरुभन्दा बढी खुशी हुने गरेको एक तथ्य र्सार्वजनिक भएको छ । तपाईंले कुरा बुझ्नु भएन भने, अझ स्पष्ट पारौं । कुरा के पर्यो भने अमेरिका र जर्मनीका वैज्ञानिकहरुको एउटा समूहले हालै गरेको एउटा अध्ययनमा बूढा-पाकाहरुमध्ये ७४ वर्षउमेर पार गरिसकेकाहरु अन्य उमेर समूहका व्यक्तिभन्दा निकै खुशी जीवन बाँचिरहेका छन् ।
यी चौवत्तरेहरुलाई कुनै पनि किसिमको जिम्मेवारी नहुने, रुपियाँ पैसाले तनाव नदिने र आफ्नै लागि बढीभन्दा बढी समय हुने भएकाले यिनीहरु अन्य उमेर समूहका व्यक्तिभन्दा बढी सुखी जीवन बिताइरहेको डेली टेल्रि्राफ दैनिकले आफ्नो समाचारमा छापेको छ ।
रिपोर्टका अनुसार, मान्छेहरु सबैभन्दा बढी सुखी र खुशी जीवन टिन एज अर्थात् किशोरावस्थामा बिताउँछ । र, यो खुशी ४० वर्षो उमेरसम्म आइपुग्दा शून्यमा झरिसक्छ । त्यसपछि ४६ वर्षो उमेरदेखि खुशीका दिन पुनः फिर्ने गरेका छन् भने यो अवस्था ७४ वर्षआइपुग्दा सबैभन्दा उच्च विन्दुमा पुगिरहेको हुन्छ ।
अमेरिका र जर्मनीका वैज्ञानिकहरुले २१ हजार पुरुष र महिलाहरुलाई सात भागमा बाँढिएको उमेर समूहमा कुन बेला सबैभन्दा बढी खुशी र सुखी अनुभव गरेका थिए भनेर सोधेका थिए । किशोरावस्थाको खुशीलाई तिनीहरुले ५.५ नम्बर दिएका थिए भने ४० वर्षउमेरमा पुग्दा त्यो नम्बर ५ प्वाइन्टमा झरिसकेको थियो । त्यस्तै ७४ वर्षो उमेरमा उनीहरुले दिएको नम्बर ५.९ रहेको थियो ।
सोसल इन्डिकर्ेर्टस रिर्सचमा छापिएको उक्त रिपोर्टअनुसार, वृद्धवृद्धाहरु बढी खुशी हुनुका कारण चाहिँ यतिबेला सबै कुराका लागि आफूले अनुगृहित अनुभव गर्नु रहेको देखिएको छ । उनीहरुले आफूले देखेको, पाएको, अनुभव गरेको र वरिपरि सबै चिजका लागि अनुगृहित अनुभव गर्ने गरेका छन् । यस्तो दृष्टि यो उमेर समूहभन्दा तल प्रायः नदेखिएको पनि वैज्ञानिकहरुले आफ्नो अध्ययनमा खुलाएका छन् ।
परिवार बनाउनुपर्ने, सन्तान हर्ुकाउनुपर्ने, प्रगति गर्नुपर्ने बाध्यताका कारण २० र ३० को दशकमा सबैभन्दा बढी तनाव मानिसहरुले झेल्नुपर्ने अध्ययनमा बताइएको छ । अध्ययनले भनेको छ- “युवा पुस्ताको तुलनामा वृद्ध पुस्ताले भावनात्मक कुरालाई बढी जोड दिने गरेका छन् । उनीहरुले सामाजिक अन्तरक्रियालाई पनि बढी भाउ दिन्छन् र युवावस्थाका भावुक क्षणलाई उनीहरु बढी सम्भिmरहन रुचाउँछन् । र, त्यो उमेरमा आफू कसरी खुशी रहन सकिन्छ भन्ने झुकाउका कारण पनि उनीहरु सुखी जीवन बिताउन सफल भएका हुन् ।”
बेलायतीहरुले आफ्नो वृद्धावस्थालाई “सुखी” जीवन भएको बताए भने जर्मनहरुले चाहिँ “सन्तुष्ट हुनसक्ने जीवन” पाएकोमा खुशी देखिन्थे ।
तेल अभिभ विश्वविद्यालयका अध्येता डा. कार्लो स्ट्रेन्जरले अध्ययनको निचोड निकाल्दै भनेका छन्- “यदि तपाईंले आफ्नो जीवनको पहिलो भागलाई निकै सन्तोषजनक बनाउन सफल हुनुभएको छ भने दोस्रो भाग पनि सफल भएको देखिएको छ । तर पहिलो भागलाई तपाईंले सफल बनाउन सक्नु भएन भने चाहिँ दोस्रो भागमा ती काम गर्न नसकेकोमा पछुतो भएको नै देखिन्छ । तर पनि वृद्धावस्थामा अधिकांश व्यक्तिहरु सुखी जीवन नै बाँचिरहेको अध्ययनले देखाएको छ ।”