लाब्राडर जातको एउटा कालो कुकुरले अफगानिस्तानमा विछ्याइएका कैयौँ बमहरु फेला पार्न सफल भएपछि त्यसलाई भिक्टोरिया क्रसबाट सम्मानित गरिने भएको छ । भिक्टोरिया क्रस बेलायती सेनाको सबैभन्दा ठूलो सम्मान हो ।
टि्रओ नामक ९ वर्षो यो कुकुरले अफगानिस्तानको हेल्मान्ड प्रान्तस्थित ज्यादै विकसित एउटा बम फेला पारेर कैयौँ बेलायती सेनाको ज्यान जोगाएको थियो । यससँगै सधैँ तैनाथ रहने र्सर्जेन्ट डेभ हेहोईले भने- “यसले आफूलाई निकै पटक दक्ष प्रमाणित गरिसकेको छ ।” सन् २००८ देखि अफगानिस्तानमा खटिएको टि्रओ अहिले रिटायर भइसकेको छ । यसलाई चाँडै भिक्टोरिया क्रसबाट सम्मानित गरिने र उसलाई इम्पेरियल वार म्युजियममा यो सम्मान दिइने बताइएको छ । टि्रओले आफ्नो सैनिक सेवा एक वर्षो उमेरदेखि गरेको थियो । पहिलो पोस्टिङ मेल्टन मोब्रेस्थित डिफेन्स एनिमल सेन्टरबाट गरेको थियो । त्यति बेला उसले १२ हप्ते एउटा सैनिक तालिम गरेपछि उसलाई उत्तरी आयरल्याण्डमा पोस्टिङ गरिएको थियो । त्यहाँ ३ वर्षबिताइसकेपछि र्सर्जेन्ट डेभको सर्म्पर्कमा आएको थियो । डेभ भन्छन्- “वास्तवमा हाम्रो ट्युनिङ निकै राम्रो मिल्छ । हामी एकअर्कालाई निकै ख्याल राख्थ्यौँ ।”