रक्सी पिएर मज्जाले मात्तिएका एक युवकले अघिल्तिर ठूलो डाँडो देखेर आत्तिएपछि प्रहरीलाई सहयोगका लागि याचना गरे तर प्रहरीले त्यो चुचुरो चाहिँ कैयौँ किलोमिटर टाढा रहेको चाल पाएपछि ती युवकलाई घरसम्म ल्याएर उद्धार गरिदिएको छ ।
रक्सी खाएर साथीबाट छुटि्टएका ती युवकले कैयौँ कोस टाढा रहेको पहाड आफ्नो अघिल्तिर रहेको र त्यहाँबाट आफू खस्न लागेकाले आफूलाई उद्धार गरिदिन उनले ९११ मा फोन गरेका थिए ।
बेलायतको दक्षिणी भेग वेस्ट ससेक्स निवासी एक युवाले फोनमा प्रहरीलाई भनेका थिए- म पानीले घरिएको र ठूला झाडीमा पछारिएको छु, मलाई बचाउनु पर्यो ।
त्यसपछि प्रहरी, समुद्री गोताखोरहरु र दमकलसमेतको सहयोगले तिनलाई सम्भावित स्थानमा खोजी गरिएको थियो तर उनले भनेको सम्भावित ठाउँमा उनलाई फेला पार्न भने सकिएको थिएन । पछि एउटा बेवारिसे कारलाई केन्द्रित गरेर उद्धारकर्ताहरु त्यहाँ पुगेर हर्ेदा समुद्री किनार छेउको एउटा सानो ओरालो भेगमा रक्सीले चूर अवस्थामा ती युवकलाई फेला पारिएको थियो ।
प्रहरीले रातभरि खोज्दा बिहान ५ बजे मात्र फेला पार्न सकेको थियो । पछि रक्सीले छाडेपछि ती युवा आफू यस्तो ठाउँमा आइपुगेर पनि प्रहरीलाई बोलाउनु परेकोमा लज्जित भएको प्रहरीले बताएका छन् ।