Home» Around the World »Weird and Interesting

फिल्मलाई समर्पित जीवन



फिल्मका ज्यादै ठूलो प्रशंसकका रुपमा आफूलाई चिनाउँदै आइरहेका अमेरिकाका एक व्यक्तिले विश्वका महान् फिल्महरुलाई एक मिनेटको छोटो फिल्म बनाएर ती फिल्मलाई आफ्नो र्समर्पण देखाउने भएका छन् ।

अमेरिका निवासी ३५ वषर्ीय मार्क वाङले हालै यो घोषणा गरेका हुन् । उनले स्पीड, पर्ल हार्बर र टप गनजस्ता प्रख्यात फिल्मलाई ६० सेकेण्डभित्र त्यसको मर्म नमर्ने गरी बनाउने घोषणा गरेका हुन् ।

फिल्मको ठूलो प्रशंसक यिनले वास्तविक आकारको एउटा हवाई जहाजको ककपिट पनि आफ्नै घरको बगैँचामा निर्माण गरेका छन् । यो ककपिटमा उनले पर्ल हार्बरका विभिन्न दृश्यहरु खिच्ने भएका छन् ।

पेशाले एकाउन्टेन्ट वाङले यी फिल्म बनाउनका लागि तीन महिना छुट्याउने भएका छन् । उनले हरेक फिल्मलाई तीन महिना लगाएर बनाउने र ती फिल्ममा आफ्ना नजिकका व्यक्ति, नातेदार र गःलप|mेण्डलाई समेत सहभागी गराउने छन् । उनले यी तीन वटै फिल्मलाई युट्युबडटकमबाट प्रसारण गर्ने भएका छन् ।

“लामो फिल्मलाई एक मिनेटमा झार्नु पक्कै पनि सहज छैन तर फिल्मको आधारभूत कथा भन्न यो समय पर्याप्त हो”, वाङले भने- “मैले बनाएको नमूना फिल्मलाई हेरेर केही व्यक्तिहरुले यसलाई वास्तविक फिल्मभन्दा राम्रो भनेका छन् । यसबाट हौसिएर तीन वटा फिल्म बनाउन लागेको हो ।”

पहिलो फिल्म उनले स्पीडको कथालाई लिएर बनाएका छन् । उनले आफ्नै घर क्याम्ब्रिजको छेउछाउका झाडीहरुमा यो फिल्मलाई छायाँकन गरेका छन् । “यो खिच्नु मेरालागि साँच्चिकै रमाइलो क्षण बन्यो”, उनले छायाँकनको दिन सम्झँदै भने- “म झाडीमा उप्रिmने र दौडिने गर्दा जिउ दुखेर हैरान । तर ठूल्ठूला बम पड्काउनका लागि चाहिँ मैले स-साना उपायहरु उपयोग गरेँ ।”

यी फिल्महरु एम्पायर म्यागेजिनले ६० सेकेण्डमा पूरा गरिएका फिल्महरुको प्रतिस्पर्धामा भाग लिँदैछन् । यो एउटा यस्तो प्रतियोगिता हो, जसमा अमेरिकाभरिका युवाहरुले आफूलाई मनपर्ने फिल्महरुको एक मिनेट छोटो फिल्म बनाएर प्रतिस्पर्धामा भाग लिन पाउँछन् ।

यी तीन वटा फिल्मको काम सकिएपछि उनीसँग ग्लाडिएटर, ज्वज र प्वाइन्ट ब्रेकजस्ता फिल्मको छोटो फिल्म बनाउने ध्याउन्नमा लागेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code:
 
 
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
  
 
 
 

Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal