अनलाइन पत्रकारिताको प्रचलन बढिरहेका बेला न्युयोर्क शहरको प्रशासनले ब्लगर र वेबमा आफ्नो समाचारहरुलाई प्राथकिताका साथ प्रकाशन गर्नेहरूलाई प्रेसपास दिने भएको छ ।सन् २००८ मा ३ जना ब्लगरलाई प्रेस पास दिन अस्वीकार गरेपछि यो कदम कानुनी रूपमा अगाडि बढेको थियो ।न्युयोर्कमा पत्रकारहरू प्रेस पास लिएर र्सार्वजनिक घटनामा प्रहरीको घेरा नाघेर रिपोर्ट गर्न जान पाउँछन् ।
प्रस्तावित नयाँ नीतिअनुसार न्युयोर्क प्रहरी विभागले बितेका २ वर्षा योग्य किसिमका ६ घटनाको रिपोर्टिङमा व्यक्तिगत रूपमा संलग्न भई रिपोर्टिङ गरेका पत्रकारलाई २ वर्षा लागि प्रेस पास उपलब्ध गराउनेछ ।यस किसिमका रिपोर्टहरू अनलाइन, अखबार, म्यागेजिन, किताब वा अन्य जुनसुकै सञ्चारमाध्यममा प्रकाशित भए पनि योग्य हुनेछ । प्रेसपासका लागि सहरले आयोजना गरेको पत्रकार सम्मेलन तथा संकटकाल जुन घटनाको रिपोर्टिङ पनि उपयुक्त हुने जानकारी गराइएको छ । ल्ाामो समयका लागि नागरिक अधिकारको वकालत गरेका र पत्रकारको प्रतिनिधित्व गरी कानुनी प्रक्रियालाई अगाडि बढाएका नर्मन सिगेलले भनेका छन्,"न्युयोर्क सहरले कामको प्रकृतिका आधारमा को पत्रकार हो वा होइन भन्ने कुराको निर्ण्र्ाागर्नेछ ।" उनीहरू कुन संगठनका लागि काम गर्छन् भन्ने कुराको कुनै अर्थ नरहने उनको तर्क थियो ।
यो भनाइले अनलाइन पत्रकारहरूको मुख्य मुद्दालाई सम्बोधन गर्ने तर्क उनले राखे । उनले थपे, "ब्लगरहरूलाई पनि टिभी, छापा र रेडियो पत्रकार समान व्यवहार गरिनर्ुपर्छ ।अनलाइन पत्रकारलाई पनि प्रेसपास उपलब्ध गराउने काममा लागेकामध्ये एक पत्रकार डेभिड वालिसले यो नयाँ प्रस्तावित नीति भइरहेको भन्दा कम सम्भावनायुक्त भएको बताए ।"हामीले अनलाइन र अफलाइन पत्रकार दुवैलाई समाचार संकलनका लागि हुने एउटा निष्पक्ष प्रणालीको विकास गरेका छौं", सिन्डिकेट कम्पनी फेयरवेलका र्सर्ीइओ वालिसले भने ।वालिसले प्रेसपास धेरै वर्षा लागि प्रस्ताव गरेको तर प्रतिबन्धित पुस्तकमा काम गर्नेका लागि यो खारेज हुन सक्ने कुरा पनि प्रस्ताव गरेको बताए ।
उनले सन् २००७ मा नयाँ प्रेसपास लिनका लागि प्रयास गरेको तर अस्वीकृत भएकोे जानकारी दिए । आफ्नो पास नवीकरणका लागि निवेदन दिएको तर प्रशासनका अधिकारीले यो वैध वा अवैध के हो भन्ने कुरा उल्लेख नगरेकोे उनले बताए ।