Home» Cinema »Feature

नेताले राजनीति नगर्ने !

राजनीतिक प्रभावका कारण गठन गरिएको एक संस्थाका अध्यक्षले इनशाडटकमसँग आफू र आफ्नो संस्था नचाहिँदो राजनीति नगर्ने बताएका छन् । मंगलबार जनपक्षीय चलचित्रकर्मी संघको नवनिर्वाचित अध्यक्ष भइसकेपछि इनशाडटकमसँग प्रतिक्रिया दिँदै केपी पाठकले भने- "यो संस्था राजनीति गर्न र कुनै ठूलो पदको कुर्सीका लागि स्थापित गरिएको होइन । लोकतान्त्रिक आन्दोलनका लागि गठन भएको थियो र भोलिका दिनमा गणतन्त्र र लोकतन्त्रका लागि कलाकारका तर्फबाट यसले आवाज उठाइरहनेछ ।"

गएको वर्ष भएको जनआन्दोलन भाग दुइमा कलाकर्मीका तर्फबाट सक्रिय सहभागी भएको जनपक्षीय चलचित्रकर्मी संघ नेपालले पहिलो साधारण सभा सम्पन्न गरेको छ । आन्दोलनताका पूर्णरुपमा संगठित भइनसकेको यो संस्थाको साधारण सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले उक्त संस्थाको नयाँ कार्यसमितिको निर्वाचन गरेको छ । जसमा अध्यक्ष पाठकसहित, उपाध्यक्षमा देशभक्त खनाल, महासचिवमा सपन घिमिरे, सचिवमा प्रल्हाद पाण्डे तथा कोषाध्यक्षमा कविता आले छानिएका छन् । त्यस्तै शुभेच्छा थापा, अनीता ताम्राकार, नीला बस्नेत र सुरेन्द्र जोशी सदस्य निर्वाचित भएका छन् ।

नयाँ नेपालको निर्माणमा चलचित्रमार्फत् सघाउने र देशको कला, संस्कृतिलाई अन्तर्राष्र्ट्रिय रुपमा विस्तार गर्न अन्य संस्थाहरुलाई पनि सघाउने यस संस्थाको उद्देश्य रहेको छ ।

लोकतान्त्रिक र प्रगतिशील कलाकारलाई एकठाउँमा राखेर सूत्रबद्ध गर्ने र नेपालमा रहेको यथास्थितिवादी चलचित्र धारलाई परिवर्तन गर्दै स्वच्छ, मौलिक, जनतान्त्रिक, गणतान्त्रिक चलचित्र निर्माणको वातावरणका लागि पर्ने यो संस्थाको उद्देश्य रहेको नवनिर्वाचित अध्यक्ष केपी पाठकको भनाइ छ । नयाँ नेपालको निर्माणमा चलचित्रमार्फत् सघाउने र देशको कला, संस्कृतिलाई अन्तर्राष्र्ट्रिय रुपमा विस्तार गर्न अन्य संस्थाहरुलाई पनि सघाउने यस संस्थाको उद्देश्य रहेको छ ।

कम्युनिष्ट विचारधाराबाट प्रभावित अधिकांश कलाकारहरु यस संस्थामा छन् । यही संस्थाले गएको वर्ष जनआन्दोलनताका र्‍याली र विरोध कार्यक्रम गरेका कारण चलचित्र उद्योगमा यसको राजनीतिक प्रभाव बढेको हो । यही संस्थाको प्रभावले चलचित्र निर्देशक देशभक्त खनाल यस पटक चलचित्र विकास बोर्डको सदस्य बन्न सकेका हुन् । खनाल यही संस्थामा उपाध्यक्षमा निर्वाचित भएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
निर्देशक घोषणा नवीनता क्या बात ! फिल्म फेस्टिबल ग्ल्यामर कन्ट्रोभर्सी पार्टी अभिनेता पेज 3 रोमान्स अभिनेत्री रोचक सोच सञ्चारकर्मी कार्यक्रम सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,