Home» Music »Feature

सङ्गीतसँग प्रयोग गर्दै
- अच्युत कोइराला

लामो कपाल, गालामा सुहाउँदो दाह्री तर कलिलो जोवन । सङ्गीतमा भर्खरै सुन्न थाल्नु भएको नाम सामवेदलाई देख्दा झट्ट तिनै कुरा याद आउँछ । तर उनको यो कलीलो उमेरमा सामवेद 'नेचर एण्ड सोल' अर्थात् प्रकृति र आत्माको कुरा गरिरहेका छन् । संगीतमा लाग्दा नयाँ के काम गर्ने भन्ने चिन्ताले उनलाई ध्वनिशक्ति (साउण्ड इनर्जी) बारे काम गर्न उक्सायो । र, अहिले उनी यसमा यति भिजेका छन् कि आउँदा दिनमा यसमाथि नै उनले प्रयोगात्मक एल्बम बजारमा ल्याउने तयारी गरिरहेका छन् । उनको भनाइ छ- प्रकृतिमा भएको शक्ति यति प्रभावकारी छ कि अन्धाले पनि सुन्न सक्छ र अन्धो र बहिरोले पनि यसको तरङ्ग (वेभ) थाहा पाउँछ । ध्वनि (साउण्ड) प्रकृति (नेचर) बाट जन्मन्छ र जुन ध्वनि प्रकृतिबाट आएर आत्मा -सोल) लाई छुन्छ- त्यो राम्रो (गुड) शक्ति (इनर्जी) र राम्रो ध्वनि (साउण्ड) हो । त्यो असल ध्वनिशक्तिको खोजीमा अहिले उनी लागेका छन् ।

"एउटा प्रकृतिलाई तपाइँले नजिकबाट बुझ्नु वा महसूस गर्नुभयो भने यसले तपाइँको क्रियाकलापलाई तुरुन्त प्रभावित पार्न सक्तछ । जसरी तपाइँलाई एउटा शीतल हावाले तपाइँको थकान मेटाउँछ, खोलाको छङछङ र चराको चिर्बिरले तपाइँमा शक्ति सञ्चार गर्छ", उनी आफ्नो खोजबारे बताउँछन् ।

बालककाल
२८ वर्षघि धादिङको मलेखुमा रामकृष्ण त्रिपाठी नाम लिएर जन्मिएका सामवेद बच्चाकालीन चञ्चलताबाट दूर थिए । उनले कहिल्यै अर्कालाई दुःख दिएनन्, हल्ला र कुटपिटमा भाग लिएनन् । बरु त्यो भन्दा उनी नजिकै जङ्गलभित्र हराउन रुचाउँथे । त्यहाँ खोलाको कलकल, चराको चिर्बिर र हावाको गुन्गुनाहट सुन्नतिर रुचि राख्थे ।

प्राथमिक स्कूलिङ उनको मलेखुस्थित ब्राइट फ्यूचर बोर्डिङ स्कूलमा रहृयो र त्यसपछि कलङ्कीको एक स्कूलबाट उनले एसएलसी दिए । यतिञ्जेलसम्म उनलाई सङ्गीतमा लाग्छु भन्ने कत्ति ज्ञान थिएन । अभिभावक दिवसका बेला उनले गाउने प्रयास नगरेका होइनन्, तर जतिपटक गाए- 'टाइमिङ्' र सूरको सही तालमेलको अभावका कारण गाली खाइहाल्थे । उनलाई लाग्थ्यो, सङ्गीत उनको वशको कुरा होइन । बरु उनी नाटकतिर तानिए । उनले लेख्ने र खेल्ने नाटकमा सन्देशको प्रबलता हुन्थ्यो ।

त्यतिबेला राम्रो विद्यार्थीले एसएलसीपछि विज्ञान लिएर डाक्टर वा इञ्जिनीयर नै बन्नुपर्छ भन्ने मान्यता थियो । त्यसैले अरुको लहलहैमा उनी डाक्टर हुन बायोलजी लिएर पढ्न थाले । यही बेला फूर्सदको क्षण उपयोग गर्न गीतार किनेर ट्याङट्याङ्टुङ्टुङ् पार्न थाले । गाउँमा जाँदा पनि आफूले गीतार प्रेम त्याग्न सकेनन् र आफूसँगै बोकेर जङ्गलतिर जाने गर्दथे । उनको त्यो ताला देखेर गाउँलेहरुले 'गाइने' नाम राखिदिए । गीत मन पराउने त्रिपाठीलाई गाइने नाम चाहिँ रुचेन । त्यसपछि उनी गम्भीर रुपमै गीतार सिकेर गाउन कम्मर कसे ।

सङ्गीतको सङ्गत
फूर्सदमा उनले राजधानीको डोरेमी पाठशालामा गुरुदेव कामतसँग गायन सिक्न थाले र पविधन खालिङसँग की-बोर्ड । उनले केही महिना सङ्गीत के सिकेका थिए, उनमा प्वाँख पलायो र उड्ने इच्छा जाग्न थाल्यो । त्यसपछि उनी अल्फा डिजिटल रेकर्डिङ स्टुडियोमा छिरे । त्यहाँका सञ्चालक रविन दर्शनधारीलाई आफैँले लेखेको र सङ्गीत भरेको गीत एरेञ्ज गर्न दिए । उनी स्टुडियोभित्र छिरे र हल्लीहल्ली-मच्चीमच्ची गाउन थाले । जब रेकर्डिङ सकियो, रविनले गीत सुनाउँदै भने- "तिमी अब दुइ वर्षसम्म मेरो
स्टुडियो नछिर्नु । तिम्रो स्वर गाउन लायक् बनिसकेको छैन ।" रविनले सिकाए- 'मेलोडी मात्र सबैथोक होइन ।'

दुइ वर्षपछि उनी रविन दर्शनधारीको स्टुडियोमा छिरे । तर यस पटक उनी गायकका रुपमा छिरेका थिएनन्, एउटा गीतको एरेञ्जरको रुपमा 'म्युजिक इर्न्र्सट' गर्न छिरेका थिए । उनमा आएको परिवर्तन देखेर रविन नै छक्क परे ।

यसपछि उनले अनेक नाम चलेका सङ्गीतकार र गायकका गीतमा सङ्गीत दिने र तिनका सङ्गीतमा एरेञ्ज (संयोजन) गर्न थाले । 'जुनिभरिलाई' चलचित्रका लागि सङ्गीतकार पनि भए । तर यो चलचित्र न त समयमा बन्यो न त रिलिज नै भयो ! सङ्गीतमा यसरी नचल्ने देखेर उनले केही नयाँ काम गरौँ भन्ने भावना पलाउन थाल्यो ।

सत्य-स्वरुप शो
सङ्गीत संयोजकको रुपमा उनले नाम कमाउँदै जाँदा सत्य-स्वरुप आचार्यले उनलाई टेलिभिजन कार्यक्रम 'सत्य-स्वरुप शो'को एउटा पात्र बनाए । यो कार्यक्रम नयाँ पुस्ताका सम्भावनायुक्त गायकगायिका खोज्ने कार्यक्रम थियो । यसले सम्भावित गायकलाई खोजेर तिनलाई संगीतको तालीम मात्र नदिई गीतसमेत रेकर्ड गराएर जनतासमक्ष प्रस्तुत गर्दथ्यो । नयाँ पुस्तालाई खोजीखोजी यस्तो मौका दिने कार्यक्रमको पात्र हुन पाउँदा उनलाई ज्यादै हर्षलाग्यो । उनी त्यसमा लगभग ६ महिना गाँसिए । यसले उनको ख्याति बढायो र एउटा असल संयोजकको चिनारी दियो ।

तर त्यो कार्यक्रमबाट उत्पादन भएका एकादुइ व्यक्तिमध्ये अरु चर्चामा आउन नसकेको देख्दाचाहिँ उनलाई दुःख लागेको छ ।

आँखा खोल्ने कुरा
यही बेला बेलायतबाट आएका बब डिकिन्सनसँग उनको चिनजान भयो । उनले राजधानीका विभिन्न स्टुडियो घुमाए । घुमिसकेपछि बबले उनीसँग गुनासो गरे- 'संगीतका धेरै शैली र शिल्प हुन्छन् अनि ती शैली र शिल्प निकाल्ने पनि भिन्दै स्टुडियो हुन्छन् । यहाँ त प्रायः एकैनासका स्टुडियो छन् । नेपालमा संगीतका अरु विधा छैनन् र -' बबको गुनासो मिश्रति प्रश्न उनको लागि आँखा खोल्ने यक्ष प्रश्न थियो । हुन पनि हो, नेपालमा सङ्गीतका 'जन्रे' मध्ये लोक, पप, आधुनिक, हिपहप या र्‍याप मात्र प्रचलित छन् । ती गीत पनि त्यही स्टुडियोमा रेकर्ड हुन्छन् र इन्स्ट्रुमेन्टल पनि त्यहीँ रेकर्ड गरिन्छन् । सङ्गीतको स्वाद फरक पार्ने संयोजक र स्टुडियो छैनन् । यो एउटा लामो छलफलको विषय बन्यो बब र उनीबीच । यो छलफल उनको जीवनको दिशा परिवर्तन छलफल बन्यो । त्यसपछि संगीतमा उनको नयाँ जीवन शुरु भयो ।

सामवेद
प्रचीन हिन्दू ग्रन्थ सामवेदले सङ्गीत र नाट्यको उत्पत्ति र महत्वबारे बताउँछ । उनले यही नाम आफूमा सारे । उनले पुरानो नाम रामकृष्ण त्रिपाठीको साटो यही शब्दले आफूलाई पुनः न्वारान गरे । यसले उनीभित्र नयाँ काम गर्ने ऊर्जालाई जनाइरहेको छ ।

संगीत उद्योगमा उनी सामवेद भएपछि एक वर्षभित्र दुइ नयाँ कृति पस्किसकेका छन् । 'शीतको थोपा' एल्बमले बजारमा ख्याति पनि बटुलिसकेको छ । यसैबीच हालै उनी नयाँ एल्बम 'यस्तो साथी' लिएर उदाएका छन् ।

जब संगीतमा उनी लाग्दै गए, वर्तमान संगीतको शैली थाहा पाएपछि के पाए भने जीवनमा कि त 'फलोअर' बन्न सकिन्छ या त 'फलो' गराउन सकिन्छ । काम गर्दा अमर काम गर्नुपर्छ भन्ने सोच थियो । नामलाई कसरी अमर बनाउने भनेर सोचिरहन्थे । माइती नेपालमा अनाथ बालबालिकाहरुलाई म्युजिक थेरापी गराउँथे । त्यो थेरापीको प्रयोग त्यहाँ उनले प्रत्यक्ष देखे । उनले प्रतिभाशाली प्रभा भेटवाललाई त्यहीँ भेटेका थिए । पहिलो पटकको भेटमा चूपचाप पछिल्लो सिटमा उदास बसिरहने उनलाई पहिलो संगीत थेरापी दिएपछि उनको व्यवहार नै परिवर्तन भयो । संगीतलाई व्यवस्थित तरिकाले प्रयोग गर्दा धेरै काम हुनसक्छ भन्ने शिक्षा उनले त्यहीँ पाए ।

बब डिकिन्सनसँगको भेटले उनी आफू साँघुरो क्षेत्रका लागि काम गरिरहेको पनि चाल पाए । एउटा गीत हिट हुने बित्तिकै भुइँ न भाँडामा हुने नेपाली प्रवृत्तिप्रति व्यङ्गय गर्दै उनी भन्छन्- "हामी अहिलेसम्म हावामा काम गरिरहेका छौँ । एउटा म्युजिक बनाउँछौँ, र दश हजार व्यक्तिले चिने भने हामी के के न भयौँ भनेर गर्व गर्र्छौँ । त्यो गीत लोकप्रिय गीत हो, जुन विश्वका आधा जनसंख्याले सुनेर कलाकार चिन्छ । काठमाडौँका मान्छेले मात्र सुनेका गायक आफूलाई साँघुरो घेरामा राखेर सोचिरहेका छन् ।" उनी थप्छन्- "म पप, रक, हिपहपको विरोध गर्दिनँ । त्यो जन्रेमा पनि राम्रो म्युजिक बनाउन सकिन्छ । ती गीतलाई पनि आत्मा छुने गीत बनाउन सकिन्छ । तर त्यसमाथि गम्भीर गृहकार्य हुन जरुरी छ ।" उनको तर्क छ- हिजोआजका गीतहरु ढोडजस्ता छन्, आगो लागेपछि त्यसको अस्तित्वै मेटिने गरी धूलो हुन्छ । तर त्यस्ता मात्र गीत होइनन्, ढिलो गरी लोकप्रिय हुने गीत पनि हुन्छन् ।

नेचर एण्ड सोल
आफूले बुझेका तिनै कुरामा उनी शोध गरिरहेका छन् । त्यसैले उनी हप्तौँसम्म जङ्गल र विराना ठाउँहरु घुमिरहेका हुन्छन् । "प्रकृति जहाँ नाश भएको छैन, त्यहाँ भयङ्कर शक्ति निहीत छ । मलाई त्यहाँ शक्तिको अनुभव गर्न मन लाग्छ र कहिलेकाहीँ महिना दिनसम्म त्यस्ता ठाउँमा हुन्छु", अनुहारको खुशी नलुकाइ उनी बताउँछन्- "अब मैले एउटा नयाँ दिशा पाएँ जस्तो लागिरहेको छ ।"

उनको खोजबारे धेरैलाई जिज्ञासा छ । "केही व्यक्ति मलाई सोध्छन्, यस्तो संगीतको खोजी कहाँ सम्म पुग्यो - तर खोजी एउटा लामो प्रक्रिया हो । एउटा वा दुइटा एल्बममा प्रयोग गरेर सकिँदैन । गीतको किसिम र प्रकृतिअनुसार धेरै कुरामा विचार पुर्‍याउनु पर्ने हुन्छ । शीतको थोपा नेपाली जनजीवनका कविता छन् । ऋतुको कुरा छ, गाइनेको गीत छ, कर्णालीका कुरा छन्, त्यो बुझेर मैले जुन प्रयोग गरेको छु, त्यसलाई श्रोताले रुचाउनु भएको छ", उनी आफ्नो प्रयोग सफल भएकोमा खुशी छन् । नयाँ एल्बम त्यस्तो साथीमा चाहिँ सिकेका सबै चिज प्रयोग गर्ने ठाउँ नभएकाले प्रकृति र आत्माको खोज सामेल गरेका छैनन् ।

हिउँगीतको कथा
प्रत्येक वर्ष उनी तिब्बतका उजाड मरुभूमि, नेपालका हिमाली क्षेत्रमा घुम्न जाने गर्दछन् । कैयौँ पटक सगरमाथाको काखमा पुगेका उनले ओसिलो हिउँबारे अनेक गीत लेखेका छन् । सगरमाथाले आफूमाथि हिँड्ने पाँच सय व्यक्तिमाथि के सोच्छ - भन्ने भावका एक दर्जन गीतलाई एल्बममा ढाल्ने प्रयास गरिरहेका छन् । वसन्त ऋतुमा उनका ती यात्रावधिमा उनले सिर्जेका दर्जनौँ गीतहरुलाई यहाँका स्थापित गायकगायिकाद्वारा स्वरबद्ध गराइरहेका छन् ।

हिउँको थुप्रो, चाँदीको काखी हिमाली पाखामा,
नदेखे पनि नबोले पनि झझल्को आँखामा

यस्ता गीतमध्ये आठ वटा त अंग्रेजीमा पनि लेखिएका छन् । त्यही यात्रामा उनले लेखेका र संगीत भरेका सिर्जनाले फिलिपिन्समा समेत चर्चा पाएको छ । यात्रामा रहेका एक फिलिपिनी कलाकारलाई उनको सिर्जना मन परेर एउटा फिलिपिनी एल्बम पनि तयार गरेका छन् । आइ होप टु सी यू अगेन नामक त्यो एल्बम चाँडै रिलिज हुँदैछ ।

योजनाको थुप्रो
उनलाई ख्याति दिलाउने शीतको थोपा एल्बमलाई उनी हिन्दी भाषामा अनुवाद गर्ने योजना बुनिरहेका छन् । नेपाली संगीतलाई अन्तर्रष्ट्रिय क्षेत्रमा परिचित गराउने हो भने नेपालीमै गरेर छिर्न सक्तेनौँ भन्ने उनको राय छ । बाहिरका जनतालाई उनीहरुले सजिलै रुपमा बुझ्ने चिज दिनु पर्छ र मात्र नेपाली संगीतको वृद्धि हुनसक्छ ।
अन्तर्रष्ट्रिय बजारमा छिर्न अंग्रेजी र हिन्दीमै गर्नुपर्ने आवश्यकता महसूस गरी उनको योजना अघि बढेको हो । वितरण व्यवस्थालाई ओपल इन्टरनेशनलले नै अन्तर्रष्ट्रिय रुपमा लैजाने बारे कुरा गरिरहेको छ । त्यस्तै मिलते-मिलते नामक एल्बमको काम तयार भइरहेको छ । तीन वर्षघि एक भारतीय कलाकारसँग छलफल गरी हिन्दी एल्बमको तयारी शुरु गरेका उनले उनको मृत्युपछि आशा मरेको थियो । तर त्यही योजनालाई मूर्तता दिनेबारे पनि काम गरिरहेका छन् । भन्छन्- "अलिकति समय लाग्छ, तर ती प्रोजेक्टलाई अघि बढाउनेछौँ ।" त्यसो त उनलाई रातारात हिट र मालामाल हुने प्रतिस्पर्धामा विश्वास पनि छैन !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: