Home» Around the World »Weird and Interesting

आफ्नै वैतरणी आफैँले तार्दा

हिन्दू धर्मावलम्बीहरूले आफ्नो मृत्यु नजिक आएको महसूस गर्दा आफूलाइ स्वर्ग जान सजिलो होस् भनेर दश दान गर्ने चलन छ । त्यसो गर्दा स्वर्ग पुग्नुअघि तर्नु पर्ने खतरनाक वैतरणी नदी पार गर्न कठिनाइ हुँदैन भन्ने मान्यता छ । अनि धेरैजसो बूढापाकाहरू आफू ज्यूँदै हुँदा दश दान गर्छन् ताकि स्वर्ग पुग्न कुनै कठिनाइ नहोस् ।

तर इशाइ धर्ममा त्यस्तो मान्यता पाइँदैन । तर पनि रोमानियाका एक ७३ वर्षीय व्यक्तिले आफू ज्यूँदो छँदै आफ्नो अन्तिम संस्कार आफैँले गरेका छन् ।

भानस्त्रा शहरस्थित ओल्ट काउन्टीका यी मेरिन भ्वाइन्सुले आफ्ना नजिकका नातेदार, गाउँले साथीभाइलाइ बटुलेर आफ्नो निकट भविष्यको मृत्यु कस्तो होला भनी अगाडि नै हेरे ।

मेरिन बूढाले आफ्नो अन्तिम संस्कार अहिल्यै नै हुनु पर्ने र आफूलाइ त्यो हेर्न मन लागेको बताएपछि स्थानीय पादरीले पनि नाइँ भन्न सकेनन् । तर यो अन्त्येष्टी समारोह कुनै चर्चमा नगरी मेरिनले आफ्नै घरमा सम्पन्न गरेका थिए ।

बूढाले पछि पत्रकारहरूलाइ भने- "किताबमा भनिए जसरी नै मेरो अन्त्येष्टी कार्यक्रम गरियो । घरैमा एउटा खाल्डो खनेर म आफूलाइ कस्तो महसूस हुँदोरहेछ भनेर चिहानभित्र पसेँ पनि ।"

"अनि मलाइ मेरो आफ्नो अन्त्येष्टी आफैँलाइ मन पर्यो, म पूर्ण रूपमा सन्तुष्ट भएँ", उनले बताए । उनी आफ्नो अन्त्येष्टी गर्ने गराउने दुःख र झन्झट आफ्ना परिवारका अन्य सदस्यलाइ दिन चाहँदैनन् ।

परिवारका अन्य सदस्य पनि बूढा बाको चाहनालाइ कुठाराघात गर्न चाहँदैन थिए । र, प्रिय सदस्य गुमाउनुको पीडामा नभएका कारण गाउँले बोलाउनेदेखि अन्य काम गर्न घरका अन्य सदस्यलाइ सजिलो पनि भयो । अरूको कुशलक्षेम सोध्न पनि उनीहरूले भ्याए ।

बूढाकी बुहारी ओनसिकाले भनिन्, "यदि यही काम हामीले हाम्रा ससुराको मृत्युको समयमा गर्नु पर्ने भएको हुँदो हो त कम्ता सास्ती हुँदैन थियो होला । यो एक किसिमले गज्जपकै अन्त्येष्टी समारोह थियो, जसमा कोही पनि रोइरहेका थिएनन् बरू उनीहरूको आँखामा ठूलो आश्चर्य थियो । यो एउटा मृत्यु संस्कारभन्दा पनि कसैको विवाह संस्कारजस्तै रमाइलो थियो ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो फट्याइँ बलिउड मुद्दा मामिला श्रीमानश्रीमती सुन्दरी इन्टरनेट परिस्थिति गुगल माया उदारता नग्नता भव्यता मूर्ख्याइँ सेक्स सेलेब्रिटी हलिउड जनावर उपाय यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,