Home» Around the World »Weird and Interesting

ड्रयाकुला माछो फेला पर्यो

उत्तरी बर्माको एउटा सानो खोल्सोमा एउटा नयाँ प्रजातिको माछो फेला परेको छ । यो माछोको रोचक पक्ष के छ भने यो हेर्दामा ड्रयाकुलाजस्तै देखिन्छ । ड्रयाकुला पश्चिमी मुलुकमा दाह्रा निस्किएको मान्छे मार्ने शैतानका रूपमा चिनिन्छ ।

डोनिनेला ड्रयाकुला नामक यो माछा १७ मिलिमिटर लामो हुन्छ । यो माछा साइप्रिनिफम समूह अन्तर्गतको माछा भएको जीव वैज्ञानिकहरूले बताएका छन् । यसको दाँत ड्रयाकुलाको जस्तै भएकाले यसको नाम पनि त्यहीसँग जोडिएको स्काइ न्यूजले जनाएको छ ।

यो माछा अप्रिल २००७ मा पहिलो पटक देखिएको थियो । तर यसलाइ देशकै आधिकारिक माछाका रूपमा पहिलो पटक मान्यता दिइएको हो ।

बेलायतस्थित नेचुरल हिस्ट्री म्युजियमका जीववैज्ञानिक डा. राल्फ ब्रिजले यो पारदर्शी माछो साँच्चिकै अचम्मको भएको प्रतिक्रिया दिएका छन् ।

उनले भने- "वास्तवमा यो ड्रयाकुला माछोको जबडामा जसरी दाह्रा निस्किएका छन्, त्यो यस प्रजातीका ३ हजार ७ सय प्रजातिका जन्तुमा पाइँदैनन् र यसैमा मात्र यो पाइन्छ । अन्य प्रजातिका माछाका दाह्रा ५ करोड वर्षअघि नै विविध कारणले सिद्धिएको अनुमान गरिन्छ तर यो माछोमा अझै दाह्रा पाइनु अचम्मको कुरा हो ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
जनावर फट्याइँ बलिउड मुद्दा मामिला श्रीमानश्रीमती सुन्दरी इन्टरनेट परिस्थिति गुगल माया उदारता नग्नता भव्यता मूर्ख्याइँ सेक्स सेलेब्रिटी उदेकलाग्दो हलिउड उपाय यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship,