Home» Around the World »Weird and Interesting

जेम्स बन्डको म्युजियम



बेलायती सेक्रेट सर्भिस अन्तर्गतका बहुचर्चित फिल्मी पात्र जेम्स बन्ड संसारभर प्रख्यात छन् । त्यसको एउटा सानो उदाहरण हालै अष्ट्रियामा देखा परेको छ ।

अष्ट्रियामा उनै जेम्स बन्डको सानोतिनो म्युजियम खोलिएको छ । ब्रेगेन्ज शहरमा यी उपन्यास र चलचित्रका यी पात्रको म्युजियम खोलिएको हो । मूलतः दुइ वर्षअघि अष्ट्रियाको ब्रेगेन्ज शहरमा "क्वान्टम अफ सोलेस" को छायाँकन गरिएको थियो । बन्डको पछिल्लो यस चलचित्र यहाँ छायाँकन गरिएको आउँदो मार्च २० मा ठीक १ वर्ष पुग्नेछ ।

यही कुराको स्मरण गर्दै यहाँ म्युजियम खोल्न लागिएको हो । यस म्युजियममा क्वान्टम अफ सोलेस निर्माणताका खिचिएका तश्वीर र चलचित्रका बारेमा तथ्यपरक जानकारी यहाँ आउने पर्यटकहरूलाइ उपलब्ध गराइनेछ ।

आयोजकहरूका अनुसार, यहाँ आउने पर्यटकहरूलाइ शहरका अन्य रोचक जानकारीहरू त दिइनेछ नै साथमा सिनेमाकै पनि अरूले भन्न भ्याइनसकेका वा नबताइएका सिनेमाका दृश्य इतरका रोचक जानकारी पनि दिलाइनेछ ।

सिनेमाको शुरूमै देखाइने मेलाको दृश्य र त्यहाँको भीडभाड यही शहरमा खिचिएको हो । स्थानीय भाषामा टोस्का भनिने महोत्सव हुँदै गर्दा चलचित्रका नायक र खलनायकबीच रोचक द्वन्द्व दृश्य चलचित्रमा राखिएको छ । उक्त दृश्यमा १ हजार ५ सयभन्दा बढी एक्स्ट्रा कलाकारहरूले भाग लिएका थिए ।

तर चलचित्रका निर्माताहरूका अनुसार उक्त दृश्य पूरै त्यही ठाउँमा छायाँकन गरिएको चाहिँ होइन । ठाउँ त्यही रोजिएको भए पनि विभिन्न समयमा विभिन्न दुर्घटनाहरू भएका कारण विभिन्न ठाउँमा खिचिएका दृश्यलाइ त्यहीँ खिचिएको भान पारिएको छ ।

तर यो कुराले फिल्म म्युजियम बनाउन लागिपरेका शहरका बासिन्दाहरूलाइ चाहिँ केही फरक पारेको छैन र यही २१ तारिखबाट यो म्युजियम सर्वसाधारणबीच खुला गरिने एनानोभा समाचारले जनाएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
हलिउड फट्याइँ बलिउड मुद्दा मामिला श्रीमानश्रीमती सुन्दरी इन्टरनेट परिस्थिति गुगल माया उदारता नग्नता भव्यता मूर्ख्याइँ सेक्स सेलेब्रिटी उदेकलाग्दो जनावर उपाय यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह