 |
Home» Around the World »Weird and Interesting |
मूर्ख पुलिस !
उनीहरू गएका त थिए चोर पक्रन तर आफू पुलिस भइकन पनि पुलिसलाइ नै पक्रिएर आइपुगे ।
यस्तै भयो, जर्मनीको बर्लिनस्थित प्रहरीहरूले चोर पक्रन जाँदा एकअर्कालाइ चोर भन्दै प्रहरी कार्यालय लिएर आइपुगे ।
शहरका दुइ बदमासले एक जना महिला कामदारलाइ एउटा पसलमा चक्कु देखाउँदै पैसा लुटे । शहरको कार्लोटेनबर्ग-विल्मर्सडर्फ क्षेत्रमा यो घटना घट्ने बित्तिकै उनले प्रहरीलाइ खबर गर्न अलार्म थिचिन् ।
यसलगत्तै सादा पोशाकका प्रहरीहरू सोधखोजका लागि आइपुगे । त्यसको केही क्षणमै बर्दीवाला प्रहरीहरू पनि आइपुगे । तर बर्दीवालाहरूले सादा पोशाकको व्यक्ति नै चोर ठानेर थाना ल्याइपुर्याए ।
त्यतिञ्जेलसम्म वास्तविक चोरहरू आरामले बाटो तताइसकेका थिए । साथमा उनीहरूले लुटेको ५ हजार पाउण्ड हेरेर मख्ख पर्ने त भइहाले ।
यता आफू लुटिए पनि वास्तविक चोर पक्राउ गर्न नसकेपछि ती महिलाले प्रहरीको आलोचना त गरिन् नै यता प्रहरीले पनि आफूहरू अलमलिएर चोरहरू टाप कस्न भ्याएकोमा क्षमा समेत मागे ।
यता पसलका सञ्चालक पनि अचम्ममा परे, भने- "हामीले सोच्यौँ, सादा पोशाकका व्यक्तिहरू फटाहा नै होलान् । पोशाकवाला प्रहरी चैँ तिनलाइ केरकार गर्दैथिए, तर सादा प्रहरी चैँ चूपलाग्नोस् भनेर उनीहरूलाइ नै थर्काउँदै थिए । यस्तो देखेपछि ती पक्कै बदमास होलान् भन्ने ठान्यौँ । किनभने उनीहरू चोर भाग्यो भनेर आफूहरू उम्किन खोजिरहेका जस्तो देखिन्थ्यो ।"
उनीहरूले निकै पछि मात्र आफूहरू पुलिस भएको प्रमाण देखाए तर त्यतिञ्जेलसम्म ढिला भइसकेको थियो । | |
|
|
|
|
|
|
|
|
|
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, | | | | | | |