Home» Around the World »Weird and Interesting

भगवानले अराए, गाडीबाट ओराले

अमेरिकाको सान एन्टोनियोमा एक ट्रक चालकले एउटा कारलाइ ठोकर हानेर रोडबाट तल झारिदिएका छन् । तपाइँले सोच्नु भएको हुँदो हो, सडक दुर्घटना भयो होला । तर त्यसो होइन । ठोकर हान्ने ट्रक चालकले जानीजानी ठोकर हानेको स्वीकार गरेका छन् र त्यसो गर्न भगवानले उनलाइ अह्राएको दाबी गरेका छन् ।

ती महिलाले १०० मिल पर आवर गाडी हाँकिरहेको देखेर ती ट्रक चालकले यिनलाइ यो सडकमा गाडी हाँक्ने अधिकार नभएको महसूस गरेका र तत्काल सडकबाट ओराल्न आफूले भूमिका खेल्नु पर्ने भगवानबाट आदेश आएकाले गाडीलाइ ठक्कर हानेर सडकबाट अलि तल खसालिदिएको उनले बताएको प्रहरीले जानकारी गराएको सान एन्टोनियो एक्सप्रेस न्यूजको अनलाइन संस्करणमा जनाइएको छ ।

"ती चालकले हामीलाइ यति भने कि ती महिलाको चालक अनुमतिपत्र छैन, त्यसैले उनले यो गाडी यहाँ चलाउने अधिकार पनि छैन भन्ने आदेश भगवानबाट पाएँ र मैले सडकबाट पर हुत्याइदिएको हुँ । यसमा मेरो केही दोष छैन, मैले जे गरेँ सही गरेँ", बेक्सार काउन्टी सेरिफका प्रवक्त काइल कोलम्यानले भनिन्, "मलाइ त कतिसम्म अचम्म लाग्यो भने, यत्रो ठूलो ट्रकले सानो कारलाइ ठक्कर हानेर सडकभन्दा तल झारिदिँदा पनि दुवै चालकलाइ साधारण चोट पटकभन्दा बढी केही भएको छैन ।" यो यति खतरनाक दुर्घटना थियो कि ज्यान जाने प्रवल सम्भावना थियो ।

ठक्कर हान्ने चालकले ती महिलाले कसरी गाडी हाँकेकी थिइन् भन्ने विषयमा केही पनि बताएका छैनन् भने प्रहरीहरूको जाँचमा महिला चालकले रक्सीजन्य पदार्थ र लागू पदार्थ खाएको नपाएको जनाएका छन् ।

ट्रक चालकको दिमाग साँच्चिकै ठीक थियो वा थिएन भन्ने विषयमा प्रहरीहरू निष्कर्षमा पुगिनसकेका कारण ती चालकको मानसिक स्थिति जाँच्न मानसिक चिकित्सकको सहयोग लिने बताइएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मूर्ख्याइँ माया सुन्दरी सेलेब्रिटी गुगल भव्यता बलिउड इन्टरनेट विज्ञापन मुद्दा मामिला नग्नता फट्याइँ परिस्थिति उदेकलाग्दो हलिउड श्रीमानश्रीमती उदारता उपाय प्रविधि कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,