Home» Around the World »Weird and Interesting

जीवनबाट वाक्क हुनेहरूको अपराध

जापानमा पछिल्ला समयमा बढ्दो हत्याबाट त्यहाँका अधिकारीहरू चिन्तित हुन थालेका छन् । संसारमै कम अपराध हुने देशका रूपमा प्रख्यात जापानमा पछिल्लो समयमा एउटा अचम्म किसिमको अपराध गर्ने व्यक्ति पक्राउ परेपछि त झन् हत्या गर्नका लागि कारणै नचाहिँदो पनि रहेछ भनेर त्यहाँका प्रहरी अधिकारीहरू चकित परेका छन् ।

यसको कथा चाहिँ यसरी शुरू हुन्छ ।

जापानको राजधानी शहर टोक्योमा स्वास्थ्य तथा जनसेवा मन्त्रालयका दुइ अधिकारीहरूको हत्या एकै किसिमले दुइ फरक समयमा भएको थियो । प्रहरीहरूले हत्यारा पत्तो पाउन सकेन ।

हत्यारोले पूर्व स्वास्थ्य तथा जनसेवा उपमन्त्री र उनकी श्रीमतीलाइ उनकै निवासमा हत्या गरेका थिए ।

जापानको राष्ट्रिय समाचार संस्था क्योदोका अनुसार एक जना ६६ वर्षीय व्यक्ति उक्त हत्यामा आफू संलग्न रहेको भन्दै प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

उनले गएको मंगलबार पूर्व स्वास्थ्य सचिवको घरमा घुसेर उनकी श्रीमतीलाइ चक्कुले हानी गम्भीर रूपमा घाइते पारिदिएको स्वीकार गरेका छन् । तिनका श्रीमान् त्यसबेला बाहिर भएका कारण बचेको पनि हत्या प्रयासमा संलग्न ती बूढाले बताएका छन् ।

तर यत्तिका हत्या गरिसक्दा पनि हत्या गर्नुका पछाडिको कारण के हो त भन्ने कुरा सुन्दा प्रहरी स्वयम् चकित परे । केही वर्षअघि उनको घरपालुवा कुकुरलाइ सरकारी वेलफेयर केन्द्रमा हत्या गरिएको झ्वाँकमा पुराना अधिकारीहरूलाइ खोजीखोजी हत्या गरेको स्वीकार गरेका छन् ।

यी बूढाको नाम चाहिँ अहिलेलाइ गोप्य नै राखिएको छ । ती बूढाले दिएको सूचनाकै आधारमा हत्यामा प्रयोग भएका कतिपय चक्कु भेटिएको र उनको कुरा विश्वासलायक भएको प्रहरीले जनाएको छ ।

आफ्नो कुकुरको हत्यापछि आफ्नो जीवन वाहियात भएको र बाँच्न मन नलागेका कारण हत्याको बदला लिन यसो गरेको उनले स्वीकार गरेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मूर्ख्याइँ फट्याइँ माया सुन्दरी सेलेब्रिटी गुगल भव्यता बलिउड इन्टरनेट विज्ञापन मुद्दा मामिला नग्नता परिस्थिति उदेकलाग्दो हलिउड श्रीमानश्रीमती उदारता उपाय कीर्तिमान प्रविधि
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह