Home» Around the World »Weird and Interesting

नाङ्गाहरूको माग

अमेरिकी नागा पुरूष तथा महिलाहरूले आफूले नाङ्गै भोट खसाल्न पाउनु पर्ने भनी गरेको अनुरोधलाइ त्यहाँको स्थानीय निकायले रद्द गरिदिएको छ ।

अमेरिकाको फ्लोरिडा राज्यको टम्पानजिकै रहेको केलिन्ते रिसोर्ट नाङ्गा व्यक्तिहरू बस्ने रिसोर्टका रूपमा ख्यात छ । यो रिसोर्टमा बस्नेहरूले आफूहरूले नाङ्गै भोट खसाल्न पाउनु पर्ने माग अघि सार्दै एक प्रेस विज्ञप्ति जारी गरेका थिए । पास्को काउन्टी चुनाव अधिकारीले उक्त नागा समुदायका व्यक्तिहरूका लागि एउटा बेग्लै बुथ बनाइदिनु पर्ने माग गरेका थिए ।

रिसोर्टकी प्रवक्ता आङ्ग्ये फक्सले भनिन्, "यो ज्यादै गम्भीर किसिमको माग हो तर सरकारले किन सुनेन हामीले बुझ्न सकेनौँ । उनीहरूको मागलाइ स्थानीय सेन्ट पिटर्सबर्ग टाइम्स पत्रिकाले महत्वका साथ छापेको थियो ।

प्रवक्ता फक्सले भनिन्, "यो कुनै बहुलाताल होइन, यो त स्वतन्त्रताको एक किसिमको उपयोग हो । र, यदि कोही व्यक्ति आफ्नो स्वतन्त्रता नग्न रहेरै उपभोग गर्न चाहन्छ भने सरकारले तिनलाइ सहयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।"

पास्को निर्वाचन अधिकृत ब्रायन कोर्लेले चाहिँ यो निवेदनलाइ वाहियात ठान्दै अस्वीकृत गरिसकेका छन् । "मेरो नजरमा यो एउटा पब्लिसिटी पाउन रचिएको एउटा नाटक मात्र हो ।" उनले थपे, "मेरो विचारमा यो उनीहरूले आफ्नो रिसोर्टलाइ चर्चामा ल्याउनका लागि गरिएको मार्केटिङ हो र यसलाइ हामीले गम्भीरतापूर्वक लिनु नै पर्छ भन्ने केही छैन ।"

निर्वाचन अधिकृत कोर्लेले चाहिँ यो निवेदन गम्भीर भइदिएको भए पनि आगामी सन् २०१० मा सम्पन्न हुने स्थानीय निर्वाचनसम्म पनि नागाहरूले नाङ्गै भोट हाल्न पाउन कठिन छ किनभने त्यतिञ्जेलसम्मका लागि स्थानीय निकायमा गरिनुपर्ने अधिकांश कामहरू अहिले नै सकिइसकेको बताएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
नग्नता सुन्दरी बलिउड माया श्रीमानश्रीमती इन्टरनेट सेलेब्रिटी परिस्थिति फट्याइँ मुद्दा मामिला उदारता भव्यता मूर्ख्याइँ विज्ञापन हलिउड सेक्स गुगल उदेकलाग्दो कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television,