Home» Around the World »Weird and Interesting

कविहरूलाइ क्याफेमा जरिवाना

बेलायती एउटा क्याफेमा कविहरू भेला भएर कविता वाचन गर्ने गर्थे तर अब नपाउने भएको डेली टेलिग्राफले जनाएको छ ।

बेलायत क्याम्ब्रिजको एलीस्थित रोयल स्ट्यान्डर्ड रेष्टुराँका सञ्चालकले आफ्नो रेष्टुराँमा भेला भएर कविता वाचन गरेको चाल पाए, वाचन गर्ने समूहलाइ पाँच हजार पाउण्ड जरिवाना तिराउने आफ्नो निर्णय सुनाएका हुन् ।

यो रेष्टुराँका सञ्चालकले भनेका छन्, "हामीले यहाँ मनोरञ्जन गराउने र गीत सुन्ने सुनाउने कामको मात्र लाइसेन्स लिएका छौँ, सार्वजनिक रूपमा हल्ला गरेर, कविता वाचन गरेर अरूलाइ डिस्टर्व गर्ने लाइसेन्स लिएका छैनौँ ।"

रेष्टुराँका मालिक रिचर्ड ह्विटमोरले गएको मंगलबार टर्निङ प्वाइन्ट नामक कविता समूहलाइ यो सूचना दिएका हुन् । उनीहरूको समूहले आफ्ना ग्राहक भड्काउन राम्रै भूमिका खेल्न थालेका कारण अब आइन्दा यसो नगर्न उर्दी जारी गरेका हुन् ।

पूर्वी क्याम्ब्रिजशायर जिल्ला काउन्सिलले पनि रेष्टुराँ सञ्चालक रिचर्डको उर्दीलाइ सदर गरेका छन् ।

यता समूहका संयोजक पाअला ट्रिमार्को, ४६, ले चाहिँ काउन्सिलको यस्तो निर्णय कोरा नोकरशाही भएको र यसले सर्जकहरूको अधिकारको हनन् भएको बताएका छन् । यसअघि अधिकार हनन् नहुनु र अहिले चाहिँ यस्तो उर्दी लगाइनुमा असन्तोष प्रकट गर्दै उनले भने- "हामीले सधैँभरि डिस्टर्ब गर्ने चाहिँ होइन । साताको एक रात हामीले राम्रो कामका लागि भेला हुन पनि नपाउनु ज्यादै दुःखलाग्दो कुरा हो ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मुद्दा मामिला सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ उदारता नग्नता मूर्ख्याइँ विज्ञापन भव्यता हलिउड गुगल सेक्स कीर्तिमान उदेकलाग्दो उपाय
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,