Home» Around the World »Weird and Interesting

जर्मन रोमियोलाइ अपहरणको मुद्दा

जर्मनीका एक प्रेमीले आफ्नी प्रेमिकालाइ फकाउने अचुक उपाय निकालेका छन् र त्यो उपाय हो, आफूलाइ मन पराओस् भनी गरिएको अपहरण र उनको रिहाइ । तर उनको त्यो उपायले उनलाइ जेलको हावा खुवाउने निश्चित भएको छ ।

जर्मनीको इसिङजेनमा अवस्थित एक बैंकमा सँगै काम गर्ने महिला कामदारसँग काम गर्ने ३६ वर्षे टम मुएलरले ३० वर्षीया तान्या सुल्जको घर मध्यरातमा पुगे । उनले आफ्नो स्वर परिवर्तन गरी आफू कुख्यात अपहरण गर्ने ग्याङको नाइके भएको बताए ।

मुखोट लगाएका उनले अंग्रेजीमा बोल्दै उनले आफ्नी प्रेमिकालाइ रस्सीले बाँधे । र, त्यसपछि उनले प्रेमिकालाइ आफ्नो घर लगे । उनको घर पुग्न तीन ३ घण्टा लाग्ने गर्छ ।

आँखा छोपिएको अवस्थामा ल्याइपुर्याइएकाले तान्याले आफू कहाँ आइपुगिन् भन्ने चाल पाउन सकिनन् तर केही मिनेटपछि टम आफू सक्कली भेषमा आइपुगे र भन्न थाले, मैले ती व्यक्तिहरूलाइ भगाइदिएँ ।

अकस्मात त्यसरी आएपछि तान्याले शंका गर्नु स्वाभाविक नै थियो । त्यो पनि टमकै घर अघिल्तिर ।

यसपछि तान्याले आफू एकाराति नै अपहरणमा परेको र शंका लागेको व्यक्तिका रूपमा उनले आफ्नै सहकर्मी टमलाइ देखाइदिइन् । यसपछि त के थियो ? प्रहरीले टमलाइ बोलायो र घरमा खान तलासी गर्दा अपहरणमा संलग्न भएको बेला तान्याको पर्स टमकै गोजीमा फेला पर्यो ।

अहिले टमले अर्काको घरमा बिना इजाजत प्रवेश गरेको, अपहरण प्रयास गरेको तथा चोरीसम्बन्धी मुद्दा खेप्नुपर्ने स्थिति आइपुगेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मूर्ख्याइँ हलिउड मुद्दा मामिला गुगल भव्यता परिस्थिति उदारता इन्टरनेट प्रविधि विज्ञापन उपाय बलिउड कीर्तिमान सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो श्रीमानश्रीमती नग्नता
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: