Home» Around the World »Weird and Interesting

थुनुवालाइ रेष्टुराँको भोजन

जेल परेकाहरूलाइ कस्तो भोजन दिइन्छ होला ? स्वभाविक हो कि ती अति साधारण हुन्छन् । तर इजिप्टका थुनुवाहरूलाइ अहिले मोज छ ।

अहिले इश्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादात्न भइरहेका बखत ब्रतालुहरूले चाहेको र मनपर्ने भोजन गर्न पाउन् भन्ने उद्देश्यले जेलले यो नयाँ नीति अख्तियार गरेको समाचारमा जनाइएको छ ।

इजिप्टको सरकारी अखबार अल अहरामले जनाए अनुसार, अहिले देशभरिका अधिकांश जेलहरूले आफ्ना कैदीहरूलाइ रेष्टुराँबाट भोजन अर्डर गर्न थालेका छन् । र, ती भोजन प्रहरीले नै रेष्टुराँबाट ल्याइदिने गरेका छन् ।

मुसलमानहरूले रामदानको बेलामा बिहान सबेरैदेखि बेलुकी घाम नअस्ताउन्जेल भोजन गर्दैनन् । यस वर्ष सेप्टेम्बर १ तारिखदेखि यो पर्व परेको छ ।

तर केही जेलका अधिकारीहरूले यो पर्व सकिएपछि पनि कैदीहरूले चाहेको खाना रेष्टुराँबाट मगाउन सकिने नियमलाइ निरन्तरता दिइने बताएका छन् । "यसका लागि हामीले पैसा दिने होइन, कैदी आफैँले तिर्छन् भने हामीलाइ आपत्ति छैन", उनले भने ।

अधिकांश कैदीहरूले कबाब र पिज्जा रूचाएको पनि उनले जानकारी दिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदारता माया सुन्दरी सेलेब्रिटी गुगल भव्यता बलिउड मूर्ख्याइँ इन्टरनेट विज्ञापन मुद्दा मामिला नग्नता फट्याइँ परिस्थिति उदेकलाग्दो हलिउड श्रीमानश्रीमती उपाय कीर्तिमान प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read