

वर्षौँदेखि राजधानीभित्र र राजधानी बाहिरका फेशनप्रेमीहरुका लागि स्तरीय फेशन पस्किरहेको युएफओ क्लोदिङ सेन्टरले दुइ नयाँ ब्राण्डहरु पस्किएको छ । पुमा र फिला ब्राण्डका यी दुइ फेशन थपिएपछि नेपालीहरुमाझ स्तरीय पहिरन पस्किरहेको युएफओ अन्य क्लोदिङ स्टोरभन्दा एक कदम अगाडि आइपुगेको छ ।
पुमा संसारभर नै स्पोर्ट्स फेशनका लागि प्रख्यात छ । मूलतः यसको नवनीतम् स्टाइलका उत्पादनले ग्राहकहरुको मन तान्न सफल भएको छ । सन् १९४८ मा स्थापना भएको पुमा जर्मनीमा अवस्थित विश्वविख्यात कम्पनी भइसकेको छ । यसले एथलेटिक जुत्ता र खेलसम्बन्धित विभिन्न पहिरनहरु उत्पादन गर्ने गरेको छ ।
यस्तै अर्को कम्पनी फिला चाहिँ इटालीको प्रख्यात कम्पनी हो । सन् १९११ मा फिला दाजुभाइले स्थापना गरेको यो कम्पनीले हालै कोरियामा समेत नं. १ उत्पादक हुने अवसर पाएको छ । स्पोर्टर्स वेयरमा रुचि हुनेहरुका लागि यी दुवै उत्पादन नेपालभित्रै पाइनुलाई एउटा उदाहरणीय पक्ष मान्न सकिन्छ ।
त्यसो त पुमा ब्राण्ड नेपालमा सन् २००३ देखि नै उपलब्ध छ । त्यस्तै, फिला सन् २००६ मा नै नेपाल आउन थालेको हो । यी दुवै उत्पादनलाई युएफओका पसलहरु काठमाडौँ मल, कुमारीपाटी, बानेश्वर तथा पोखरामा उपलब्ध गराइने एक विज्ञप्ति जारी गरी युएफओले जनाएको छ ।