हामी नेपाली स्वभावैले मनोरञ्जन गर्नुपर्ने जाति । राजधानीमा विहीबारदेखि लागेको लोकदोहोरी मेलामा के बाल, वृद्ध, तन्नेरी, सबै खुलेर लोकदोहोरीको मज्जा लिइरहेका छन् । आउँदो सातासम्म आयोजना हुने यस कार्यक्रममा ५० भन्दा बढी विभिन्न लोकदोहोरी संस्थाहरुले भाग लिएका छन् । उत्कृष्ट हुने समूहले करिब २० लाख बराबरको पुरस्कारसमेत हात पार्नेछन् ।