Home» Around the World »Weird and Interesting

यौन प्रतिस्पर्धा गर्नेहरु पक्राउ

६ जना बेलायती महिलालाई वेश्यावृत्ति गरेको आरोपमा पक्राउ गरिएको छ । त्यो पनि उनीहरुको आफ्नै देशमा चाहिँ होइन । उनीहरुलाई ग्रिसमा पक्राउ गरिएको हो । उनीहरुमाथि यौन प्रतियोगिता गरेको आरोप लागेको छ । उनीहरुले ग्रिसको छुट्टि बिताउने एक टापु जाकिथोसबाट पक्राउ गरिएको प्रहरीले गएको सोमबार जनाएको छ ।

यस किसिमको क्रियाकलापमा संलग्न ६ बेलायती महिला र ६ ग्रिसेली पुरुषसँगै दुइ होटल सञ्चालकलाई पनि पक्राउ गरिएको छ । ती दुइ होटल सञ्चालकहरुले लगनास सामुद्रिक किनारमा यौन प्रतियोगिता सञ्चालन गर्न छुट दिएको बताइएको छ ।

ग्रिसको पश्चिमी सामुद्रिक किनारमा रहेको मनोरम स्थलमा ती महिला र पुरुष भेला भएपछि कसले सबैभन्दा लामो समयसम्म यौन क्रियाकलाप जारी राख्न सक्छ र जसले बढी समय यौन क्रियाकलाप गर्छ उसलाई पुरस्कारको व्यवस्था गरिएको थियो । र, यो क्रियाकलापलाई इन्टरनेटमा समेत प्रकाशन गर्ने योजनामा ती प्रतियोगीहरु रहेका थिए ।

तर उनीहरुले प्रतियोगिता सक्दा नसक्दै प्रहरीले तिनको योजनालाई धुमिल पारेका थिए । प्रतियोगितामा भाग लिने पुरुषहरुलाई अश्लील व्यवहारलाई बढावा दिएको आरोपमा पक्राउ गरिएको छ ।

पछिल्ला वर्षरुमा यो ठाउँ खुला यौनिक क्रियाकलापका लागि प्रख्यात हुन थालेको छ । यस ठाउँको बेइज्जति अझै बढी हुन नदिन प्रहरीले कडा निगरानी गर्ने गरेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
नग्नता सेक्स माया भव्यता सुन्दरी मूर्ख्याइँ इन्टरनेट श्रीमानश्रीमती गुगल फट्याइँ सेलेब्रिटी उपाय बलिउड परिस्थिति उदेकलाग्दो यस्तो पनि ! विज्ञापन हलिउड मुद्दा मामिला प्रविधि
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship,