Home» Around the World »Weird and Interesting

३८ पटक फेल हुँदा पनि जाँच दिने तयारी

भारतका एक पेन्सनपट्टा कमाइसकेका व्यक्तिले १० कक्षामा ३८ वर्ष फेल हुँदा पनि जाँच दिने सुरमा लागेका छन् ।

शिव चरण यादव नामक यी ७४ वर्षीय बूढाले अंग्रेजीमा १४, १७ विज्ञानमा, गणितमा ५ र २५ प्रतिशत संस्कृत भाषामा नम्बर ल्याउन सकेका छन् ।

हिन्दीमा ३४ प्रतिशत नम्बर ल्याएर पास हुन सफल भएको कुरा डेली टेलिग्राफले प्रेषित गरेको समाचारमा जनाइएको छ ।

"म बाँचुञ्जेल जाँच दिइरहन्छु, म बीच बाटोबाट ढाड फर्काउने किसिमको व्यक्ति होइन । जति वर्षलागोस् यसमा मलाई मतलब छैन", यादवले बताए ।

त्यसो त अहिलेसम्म अविवाहित रहेका यी बूढाले यो जाँच पास गरिसकेपछि मात्र बिहे गर्ने विचार गरेका छन् । यही सपनाका कारण उनले अहिलेसम्म बिहे नै गरेका छैनन् । राजस्थान निवासी यिनका छिमेकी चाहिँ उनले १० कक्षा पास गर्छन् भन्ने कुरामा उति विश्वस्त छैनन् ।

छिमेकीले त भनि पनि हाले- "उहाँ त संसारकै सबैभन्दा खराब विद्यार्थीमा पर्नुहुन्छ होला ।"

उनले सन् १९६९ यता जाँच दिन बिर्सिएका छैनन् । उनीसँगै जाँच दिने व्यक्ति बढीमा १५ वर्षा हुने गरेका छन्, तर उनलाई त्यसमा मतलब छैन ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मूर्ख्याइँ सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ मुद्दा मामिला उदारता नग्नता विज्ञापन भव्यता हलिउड गुगल सेक्स कीर्तिमान उदेकलाग्दो उपाय
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television,