Home» Around the World »Weird and Interesting

क्याम्पस नपढेका मजदूरले बोट बनाए !

पाँच कक्षा बढी नपढेका चीनका एक मजदूरले पानीमुनि दौडिने नाउ बनाएका छन् । उनले यसलाई कुनै वैज्ञानिक सामाग्री बटुलेर बनाएका चाहिँ होइनन्, गाउँ घरमै पाइने विभिन्न सामाग्रीहरुको सहायताले यो बनाएर सबैलाई चकित बनाएका हुन् ।

ताओ जिङ्लीले १६० किलोको यो बोट बनाएका हुन् । धातुबाट निर्मित अधिकांश यी सामग्रीहरु उनले आफ्नै हातले बनाएका हुन् भन्दै चीनको झोनगान अनलाइनले लेखेको छ ।

"धातुका ड्रमहरु मेरालागि ज्यादै उपयोगी साबित भए किनभने यो निकै कम पैसामा पाइन्छ", गाउँबाट बेइजिङ पुगेका ती मजदूरले भने ।

यो नाउमा एक जना मात्र अटिन्छ किनभने यसको उचाई उति धेरै छैन तर यसभित्र आवश्यक पर्ने अधिकांश चिजहरु जस्तै पानीको दवाव नाप्ने यन्त्र, क्यामेरा, एउटा टीभी सेट र अक्सिजन सप्लाईं गर्ने सामाग्रीदेखि हेडलाइटसम्म जडान गरेका छन् ।

"त्यसो त यो नाउ उति राम्रो छैन र साधारण किसिमको छ । किनभने यो अत्याधुनिक नाउ होइन । तर मेरो दाबा के छ भने यसभित्र छिर्ने प्यासेन्जरले चाहिँ पानीभित्रको दृश्य मज्जाले देख्न सक्छ", उनले हौसिँदै बताए ।

यो नाउ बनाउन नाओलाई एक वर्षन्दा बढी समय अनुसन्धान र प्रयोग गर्न लागेको थियो । तर उनको दाबी छ, उनलाई यी सबै काम गर्न अध्ययनको भन्दा सामान जुटाउने रकमको झन्झट थियो ।

"मैले यो नाउलाई अत्याधुनिक पनि बनाउन सक्थेँ, तर त्यसका लागि मैले महंगा सामानहरु किन्न पर्दथ्यो । त्यसैले मैले महंगा सामानको साटोमा साधारण सामानबाट नै काम चलाएकाले यो उति राम्रो देखिएको छैन", उनले पत्रकारहरुसँग बताए ।

साधारण किसिमको नाउलाई कम्तीमा पनि २ हजार २ सय पाउण्ड पर्छ, जुन उनको वर्षरिको तलब हो ।

यो नाउ लिएर कोही व्यक्तिले १० मिटर तलसम्म जान सक्छ । १० मिटरभित्रसम्म जाँदा चालक वा अन्य व्यक्तिलाई कुनै खतरा नहुने उनको भनाइ छ ।

प्राथमिक शिक्षा मात्र लिएका यिनीसँग यस्ता वैज्ञानिक चमत्कारको घरेलु उपाय १७ वटा जति छन् । र, ती सबैलाई उनले पेटेन्ट दर्ता गराएका छन् । उनीसँग आफ्नै किसिमका वासिङ मेसिन, टाउको मसाज गर्ने मेसिन र जुत्ता चम्काउने सामग्री छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उपाय प्रविधि माया सुन्दरी गुगल सेलेब्रिटी भव्यता बलिउड मूर्ख्याइँ विज्ञापन इन्टरनेट मुद्दा मामिला नग्नता फट्याइँ परिस्थिति उदेकलाग्दो हलिउड श्रीमानश्रीमती उदारता कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,