Home» Around the World »Weird and Interesting

लौ मलाई पनि लैजाऊ

एक अमेरिकी महिलाले आफ्नो प्रेम र घरलाई लिलामीमा राखेकी छिन् । किनबेच गरिने क्रेगलिस्ट र इबे दुवै वेबसाइटमा उनले आफ्नो प्रेम र घरलाई लिलामीमा राखेकी हुन् ।

डेवेन ट्राबोसले पछिल्लो समयमा घट्दो घरजग्गा व्यापारबाट दिक्क भएर यसो गरेको समाचारमा जनाइएको छ । एनानोभा समाचारका अनुसार आफूले पछिल्लो समय कुनै पनि चित्तबुझ्दो केटा नपाएका कारण उनले दिक्क भएर यसो गरेको बताएकी छिन् ।

४२ वर्षीया ट्राबोसले आफू बस्दै आएको चार बेडरुम भएको घर आफूसहित बेचिन लागेकी हुन् । उनको घर फ्लारिडा राज्यको उत्तरी पाम बीचमा छ र उक्त घरमा उनी एक वर्षयता बस्दै आइरहेकी छिन् ।

गएको साता दुवै वेबसाइटमा उनले लेखेकी छिन्- "अमेरिकामा हराएकी एउटी राजकुमारीजस्ती नारीलाई बिहे गर ।" उनले उक्त विज्ञापनमा आफ्नो घरलाई कति मजाले सजाएकी छिन् र उनलाई घुम्न कति मजा आउँछ भनेर उल्लेख गरेकी छिन् । उक्त घरमै स्वीमिङ पुल छ भने टेनिस कोर्ट पनि बनाउन छुटाएकी छैनन् ।

"म घर मात्र बेच्न चाहन्न किनभने यसमा मेरो सबैथोक लागेको छ । यहाँसम्म कि मेरो आत्मा पनि यसमा गाँसिएको छ । त्यसैले यो घर किन्ने व्यक्तिले मलाई पनि बिहे गर्नुपर्छ", उनले उक्त वेबसाइटमा लेखेकी छिन् ।

"म अहिले जिउनका लागि संङ्घर्ष गरिरहेकी छु र त्यो संङ्घर्ष घर बेचेर पूरा गर्न चाहन्न । म कुनै पुरुषसँग यही घरमा जीवन बिताउन चाहन्छु", उनले भनेकी छिन्- "त्यसैले मेरो दिलको आवाज सुन्ने कोही छ भने उसलाई स्वागत छ ।"

उनले घरलाई १ लाख ७० हजार पाउण्डमा बिक्रीका लागि मूल्य तोकेकी छिन् भने आफ्नो मूल्य चाहिँ ४ लाख २० हजार पाउण्ड तोकेकी छिन् । तर उनले दुवै एकै पटक लिनुपर्ने त्यस्तो बाध्यता नभएको पनि खुलाएकी छिन् ।

यो विज्ञापन प्रकाशित भएयता पाँच सयभन्दा बढी रुचि उनीसम्म आइपुगेको छ ।

त्यसो त उनको यो विज्ञापनले उनका दुइ छोरीलाई अचम्ममा पारेको छ । तापनि ठूली छोरी २१ वर्षीया हेलीले चाहिँ आफ्नी आमाको यो उमेरमा कुनै असल पुरुष पाए जाति हुने थियो भन्ने भनाइ राख्छिन् भने कान्छी छोरी १४ वर्षीयाले नभने आमाको यो विज्ञापनले उनलाई अप्ठेरो अनुभूति गराएको विचार पोखेकी छिन् ।

तर यता आफ्नै र घरकी विक्रेता ट्राबोस भन्छिन्- "यो घर र मन त्यसै बिक्री हुने चिज होइन... यसका लागि त गहिरो सम्बन्ध गाँसिएर मात्र कुरा अगाडि बढ्छ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
इन्टरनेट विज्ञापन भव्यता सुन्दरी माया सेलेब्रिटी नग्नता बलिउड गुगल मूर्ख्याइँ उदारता यस्तो पनि ! हलिउड श्रीमानश्रीमती मुद्दा मामिला कीर्तिमान फट्याइँ सेक्स उपाय प्रविधि
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार