Home» Cinema »Feature

दुइ हप्ते सिने महोत्सव

राजधानीमा रुसी चलचित्रको स्वाद चाखिसकेपछि नेपाली चलचित्रको स्वाद लिन तयार हुनुहुन्छ भने आजदेखि तपाइँका लागि खुशीको खबर छ । नेपाल चलचित्र प्रावधिक संघले दुइ सातासम्म नेपाली चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सव प्रतिस्पर्धात्मक हुने र उत्कृष्ट चलचित्रलाई सम्मानित गरिने आयोजकले बताएका छन् ।

२०६१ चैतदेखि २०६३ मंसीर अन्त्यसम्म प्रदर्शन भएका नेपाली चलचित्रहरु उक्त महोत्सवमा भाग लिनेछन् । भाग लिएका चलचित्रमध्ये सर्वोत्कृष्ट चलचित्रहरुलाई अवार्ड पनि दिइने आयोजकहरुले जनाएका छन् ।

"चलचित्र उद्योगमा कोही पनि यस्तो कार्यमा नतातेको हुनाले हामीले आँटिरहेका हौँ", चलचित्र प्राविधिक संघका अध्यक्ष सन्तु तामाङले इनशाडटकमसँग भने- "नेपाली चलचित्र उद्योगमा उत्साह चाहिएको बेला सबै सेलाएका छन् । हाम्रो काम तिनीहरुलाई तताउनु हो ।"

यसअघि यस्ता अवार्ड कार्यक्रम नेपाल चलचित्र संघ, चलचित्र विकास बोर्ड, अभियान नेपाल आदिले गर्दै आएका थिए । तर सबै अवार्डमा निष्पक्षताको प्रश्न सधैँ निस्कने गरेको छ । यस पटकको अवार्डमा आफूहरुले सक्दोरुपमा निष्पक्ष कार्यक्रम गर्ने आयोजकहरुले बताएका छन् ।

यो महोत्सवको अफिशियल मिडियाको रुपमा इनशाडटकम रहेको छ । यस महोत्सवको ताजा जानकारी तपाइँहरुलाई हामी दिइरहने छौँ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
फिल्म फेस्टिबल क्या बात ! नवीनता ग्ल्यामर कन्ट्रोभर्सी निर्देशक पार्टी अभिनेता पेज 3 रोचक रोमान्स अभिनेत्री सोच सञ्चारकर्मी कार्यक्रम घोषणा सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,