Home» Around the World »Weird and Interesting

पुलिस मम विवादमा

चीनमा हालै गएको भूकम्पमा अनाथ बनेका बच्चाहरुलाई दूध पिलाउने महिला प्रहरीहरुलाई जागीरमा प्रमोशन गरिने कुराको विरोध भएको छ ।

गत महिना आएको भूकम्पमा धेरै संख्यामा बालबालिकाहरु अनाथ भएका कारण तिनीहरुलाई बचाउन त्यहाँको प्रहरी प्रशासनले महिला प्रहरीहरुलाई तिनलाई दूध खुवाउन आह्वान गरेको थियो ।

यस आहृवानलाई सकारेर ३० वर्षीया जियाङ जिआओजुआनले आफ्नो सन्तानलाई आमा बुवालाई छाडेर नौ जना बालबालिकाहरुलाई दूध पिलाएकी थिइन् । उनको यो कार्यबाट प्रफुल्लित भएका प्रहरी अधिकृतहरुले उनलाई प्रमोशन गरिदिएको थियो भने पत्रपत्रिकाहरुले पनि उनलाईं "पुलिस मम" उपनाम दिएका थिए ।

उनलाई प्रहरीहरुको "हिरो र नमूना प्रहरी अधिकारी"का रुपमा पुरस्कार दिइएको थियो भने चीनको कम्युनिष्ट पार्टीले उनलाई "कम्युनिष्ट पार्टीको सर्वोत्कृष्ट सदस्य" बनाएको थियो ।

गएको मे १२ मा सिचुआनमा आएको भूकम्पमा त्यहाँ बसोबास गर्ने ८ लाख ५० हजार प्रभावित भएका थिए भने ६९ हजार व्यक्तिको मृत्यु भएको थियो । अझै हजारौँ व्यक्तिहरु हराइरहेका छन् रोयर्टस समाचारले जनाएको छ ।

उनले "पुलिस मम" उपाधि पाउँदा केहीले विरोध गरे पनि उनको पक्षमा लाग्नेहरुको पनि उत्तिकै ताँती छ । उनीहरुको भनाइ छ- "उनले एउटा जनताको असल सेवकको अनुपम उदाहरण पेश गरेका कारण उनी त्यो पुरस्कारको हकदार छिन् ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदारता यस्तो पनि ! माया सुन्दरी सेलेब्रिटी गुगल भव्यता बलिउड मूर्ख्याइँ इन्टरनेट विज्ञापन मुद्दा मामिला नग्नता फट्याइँ परिस्थिति उदेकलाग्दो हलिउड श्रीमानश्रीमती उपाय कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह