Home» Cinema »Feature

आगो नियमको लपेटामा !

 सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य शाखाले आगो चलचित्र प्रदर्शन भएको तीन सातापछि यसको प्रदर्शनमा आपत्ति जनाएको छ । शाखाका अनुसार निर्माताले नियम मिचेर कुनै पनि किसिमको स्वीकृति नलिई विभिन्न दृश्यको छायाँकन गर्ने, क्लाइमेक्स परिवर्तन गर्ने र अनुमति नलिई चलचित्र घरमा प्रदर्शन गर्ने अवैधानिक कार्य गरेको आरोप चलचित्रका निर्मातालाई लगाएको छ । यस्तो अवैधानिक कार्य कसरी र किन भइरहेको छ भनी शाखाले चलचित्र विकास बोर्डलाई समेत पत्र काटेको छ ।

यता चलचित्र विकास बोर्डले बोर्ड वा सूचना तथा सञ्चार मन्त्रालयको श्रव्यदृश्य शाखाको अनुमति नलिई किन दृश्यहरु थपिए र थपिएका दृश्यहरु किन सेन्सर गरिएन भनी निर्मातालाई शाखाको पत्रको बोधार्थ दिएको छ । २४ घण्टाभित्र पत्रको जवाफ दिनुपर्ने उक्त पत्रले बताएको थियो ।

चलचित्र निर्माता शिवजी लामिछानेले अन्तरिम संविधान जारी भएको र पुराना संविधानअर्न्तर्गतका सम्पूर्ण नीतिनियमहरु काम नलाग्ने स्थितिमा रहेका बेला यस्ता पत्रको जवाफ दिइरहनु नपर्ने बताएका छन् । "त्यो पत्रको जवाफ दिनुपर्ने कुनै कारण देख्दिनँ", चितवनमा 'लाल सलाम' चलचित्र खिचिरहेका लामिछानेले भने- "मैले उनीहरुलाई यही मौखिक जवाफ दिइसकेको छु । उनीहरुले मलाई पत्र काट्ने कुनै कारण देख्दिनँ ।"

यता चलचित्र विकास बोर्डले आफूहरुले लिखित जवाफ नपाएको र २४ घण्टे म्याद पनि गुज्रिसकेका कारण अब के गर्ने हो भनेर छलफल भइरहेको बताए । बोर्डका एक कर्मचारीका अनुसार यो चलचित्रमाथि कारवाही गर्न आवश्यक छ र त्यो कारवाही श्रव्यदृश्य शाखाले गर्नेछ ।

यता श्रव्यदृश्य शाखाका एक कर्मचारीका अनुसार चलचित्र विकास बोर्डलाई त्यो चलचित्रमाथि कारवाही गर्न कुनै थुनछेक नभएको बताउँछन् । हलको अनुगमन गर्ने, चलचित्रको निर्माण इजाजत दिनेलगायत सम्पूर्ण काम त्यहीँबाट भइरहेको अवस्थामा यो चलचित्रमाथि कारवाही गरिने कुरामा चाहिँ शाखातिर औँला ठड्याउनुको अर्थ नबुझेको बताए ।

६ वर्षअघि चलचित्रमा माओवादी कथालाई प्रश्रय दिएको आरोपमा चलचित्रमाथि प्रतिबन्ध लगाइएको थियो । तर सर्वोच्च अदालतमा मुद्दा परेपछि अदालतले केही दृश्य काटी त्यसलाई लिरिज गर्ने अनुमति दिएको थियो ।

स्मरणीय के छ भने चलचित्र विकास बोर्डका अध्यक्ष शैलेश आचार्य चलचित्र आगोका निर्देशक नारायण पुरीका गुरु हुन् । चलचित्र उद्योगमा उनलाई स्थापित गर्न आचार्यको ठूलो योगदान छ । गुरुले चेलाको चलचित्रमाथि कस्तो कारवाही गर्ने हुन्, यो चाहिँ हेर्न बाँकी नै छ ।

Related Articles:
- आगोमा घिउ
- दुवै हातमा लड्डु !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
कन्ट्रोभर्सी रोचक नवीनता क्या बात ! फिल्म फेस्टिबल ग्ल्यामर निर्देशक पार्टी अभिनेता पेज 3 अभिनेत्री रोमान्स सोच सञ्चारकर्मी कार्यक्रम घोषणा सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,