Home» Cinema »Feature

महको गुलियो अस्वीकृति

 गएको फरवरी २० मा इनशाडटकममा प्रकाशित भएको तराई नगई विदेशतिर शीर्षकको समाचारप्रति हरिवंश आचार्यले अस्वीकृति जनाउनु भएको छ । इनशाडटकमलाई उहाँले पठाउनु भएको इमेलमा उहाँले घोषणा गरेअनुसार तराइका आन्दोलनका घाइतेहरुका लागि रकम दिइसकिएको बताउनु भएको छ । नागरिक समाजको रोहवरमा उक्त रकम महले हस्तान्तरण गरिसकेको उहाँको भनाइ छ ।

घाइतेहरुका लागि २५ लाख रुपियाँ प्रदान गरिसकिएको र धेरै अगाडि नै हंगकंगको कार्यक्रम तय भइसकेका कारण कार्यक्रम रद्द गरी तराई घुम्न जान नसकेको पनि उहाँले बताउनु भएको छ । उहाँले इमेलमार्फत् भन्नुभएको छ- "२१ माघमा हामीले राहत कार्यक्रमको घोषणा गरेका थियौँ, तर त्यो भन्दा अघि नै हंगकंगको कार्यक्रम तय भइसकेकाले तराइ जान सकेनौँ ।"

उहाँले इमेलमा अगाडि थप्नु भएको छ- "हामीजस्तो व्यवसायिक कलाकारले हंगकंगको आयोजकको ठूलो रकम डुबाउनु अपराध ठानेकाले तराई नगई हंगकंग गएका हौँ ।"

आफू तराई नपुगे पनि तराईको आन्दोलनप्रति आफ्नो पूर्ण समर्थन रहेको उहाँहरुले बताउनु भएको छ । उहाँले भन्नुभएको छ- "हामीलाई लाग्छ, मधेशी तथा जनजातिहरुको माग सरकारले सुन्नुपर्छ, यो समयको आवश्यकता पनि हो ।"

उहाँहरु हंगकंगबाट फर्किसक्नु भएको छ।

Related Article:

-
तराइ नगई विदेशतिर !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेता कन्ट्रोभर्सी फिल्म फेस्टिबल क्या बात ! नवीनता ग्ल्यामर निर्देशक पार्टी पेज 3 रोमान्स अभिनेत्री रोचक सोच सञ्चारकर्मी कार्यक्रम घोषणा सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,