Home» Around the World »Weird and Interesting

विदेशी रेफ्रीलाई नागरिकताको अफर

तपाइँलाई थाहा भएकै हुँदो हो अहिले संसारभर यूरो कप २००८ को ज्वरो उच्च विन्दुमा छ । यस्तो अवस्थामा यूरो कपमै भाग लिइरहेका समूहको टेन्सनको त झन् कुरै भएन । यस्तो स्थितिमा हालै भएको अष्ट्रिया र पोल्याण्डबीचको खेलमा पोल्याण्डले खेल हारेपछि त्यसको दोष रेफ्रीमाथि थोपरिएको छ ।

खेलका अंग्रेज रेफ्री होवार्ड वेबका कारण आफ्नो देशको टिमले हारेको निष्कर्श निकालेका केही युवाहरुले ती रेफ्रीलाई पोल्याण्डको नागरिकता दिइनुपर्ने जिकीर गरेका छन् ।

यसको पछाडि एउटा गम्भीर कारण छ । कारण के भने यदि होवार्डलाई पोल्याण्डको नागरिकता दिइएको खण्डमा उनले नयाँ नागरिकतावाला देशमाथि गद्दारी गर्ने छैनन् र त्यो टिमलाई जिताउन दिन रात एक गर्नेछन् । यसअघि पनि उनको गल्तीका कारण एक खेलमा पोल्याण्डले हारेको थियो ।

होवार्डलाई पोलिस नागरिकता दिलाउन राष्ट्रिय टिमको प्रशंसक रहेका केही व्यक्तिहरुले इन्टरनेटमा आफ्नो अभियान शुरु गरिसकेका छन् । वेबसाइटमा लेखिएको छ- यो उपाय रचिएको खण्डमा उनले फेरि हाम्रो खेलाडीहरुलाई हराउने उपाय सुझाउने छैनन् ।

बेलायतका नागरिक रहेका होवार्ड पहिले प्रहरी र्सर्जेन्टबाट सेवामुक्त भएका व्यक्ति हुन् । उनले पोल्याण्डमाथि जानीजानी गल्ती गरेको कुरामा आपत्ति जनाएका छन् । उनले आफूले गरेको निर्णय सही भएको र त्यसमा कुनै परिवर्तन नहुने विभिन्न सञ्चारमाध्यममा जनाइसकेका छन् ।

"हामी लोकप्रिय हुनका लागि काम गर्दैनौँ, हामी त सम्मानित हुनका लागि काम गर्र्छौँ", होवार्डले प्रतिक्रिया दिँदै एनानोभालाई भनेका छन्- "कसैलाई जिताउने र कसैलाई हराउने काम हाम्रो होइन । हामी त खेलको शुद्धिकरणमा ध्यान दिन्छौँ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
मूर्ख्याइँ उपाय हलिउड मुद्दा मामिला गुगल भव्यता उदारता परिस्थिति इन्टरनेट प्रविधि विज्ञापन बलिउड कीर्तिमान सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो श्रीमानश्रीमती नग्नता
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: