Home» Around the World »Weird and Interesting

सेक्स, त्यो पनि कहाँ ?

इटालीमा एक जोडी सम्भोगरत अवस्थामा त्यहाँ फेला परे, जहाँ चर्चको ज्यादै पवित्रस्थल मानिन्छ, जहाँ व्यक्तिहरु आएर आफूले गरेको गल्तीलाई स्वीकार गर्दै पादरीबाट अब के गर्ने भनेर नयाँ मार्ग दर्शन र पाप मुक्तिको बाटो खोज्छन् ।

कन्फेशनल बक्स भित्र ३० वर्षउमेर समूहका एक जोडालाई चर्च आएका केही व्यक्तिले फेला पारेर पादरीलाई जिम्मा लगाएका छन् । उनीहरु त्यसबेला सम्भोगमा लिप्त थिए, जतिबेला त्यहाँका स्थानीय बिसपले ठूलो समूहलाई आफूले गरेको पापबाट मुक्तिका उपायहरु बताउँदै थिए ।

बिसपले मुक्तिको उपाय सिकाउँदै गर्दा अश्लील आवाजहरु सुन्न थालिएपछि केही व्यक्तिले त्यहाँ जाँच गर्दा एक जोडा युवायुवती सम्भोगमा लिप्त रहेको पाइएको थियो । यो घटना इटालीको उत्तरी सेसनामा घटेको समाचारमा जनाइएको छ ।

पछि उनीहरुलाई प्रहरीको जिम्मा लगाइएको थियो । प्रहरीले उनीहरुलाई र्सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप गरेको अभियोगमा अदालतमा मुद्दा चलाएको छ ।

नाम नखुलाइएको यो जोडाका वकिलले पनि दुवैले चर्चमा यौन सर्म्पर्क राखेको स्वीकार गरेका छन् । "मेरा ग्राहकहरुले चर्चमा यौन सर्म्पर्क गरेको कुरा सत्य हो । गएको रातभरि रक्सी र पबमा रमेका यी जोडीले निकै टाढा गएको ठान्दै चर्चमा यौन सर्म्पर्क राख्नु पुग्नु निश्चय नै भूल हो", तिनका वकिलले आफ्नो ग्राहकको स्पष्टीकरण दिएका छन् ।

यता यौन सर्म्पर्क हुँदाहुँदै उनीहरु पक्राउ परेपछि चर्चका स्थानीय विसपसँग यौन सर्म्पर्करत जोडीले क्षमा मागिसकेको भए पनि अखबारले यो घटनालाई ज्यादै उचालेको आरोप पनि लगाएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
सेक्स माया सुन्दरी सेलेब्रिटी गुगल भव्यता बलिउड मूर्ख्याइँ इन्टरनेट विज्ञापन मुद्दा मामिला नग्नता फट्याइँ परिस्थिति उदेकलाग्दो हलिउड श्रीमानश्रीमती उदारता उपाय कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल